शिबराज पन्थी/सिधा-पत्र कर्मी शुक्रबार, जेठ ०९, २०८२

दाङ । मुक्त कमलरी बिकास मञ्च दाङले वालविवाह न्यूनीकरणका सवालमा चाँसो राख्दै बुधवार एक कार्यक्रमको आयोजना गरि गढवा गाउँपालिकासंग छलफल गरेको छ ।

संस्थाका केन्द्रिय कोषाध्यक्ष शुसीला चौधरीको अध्यक्षता र गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा स्थानीय जनप्रतिनिधी र सरोकारवालाका लागि वालविवाहको अवस्था र कानूनी प्रावधानका बारेमा एक कार्यशालाको आयोजना गरि अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङका अध्यक्ष तथा सामाजिक अभियन्ता कमल गौतमले वालविवाह न्यूनिकरण गर्न आवश्यक सुचकहरु र कार्यक्रमको प्रकृयाका बारेमा सहभागिहरुलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा वाल विवाहका प्रभाव र असरहरु, न्यूनीकरणका उपायहरु,नेपाल सरकारको राष्ट्रिय रणनिती तथा कानूनी ब्यवस्था र वालविवाह न्यूनीकरणमा स्थानीय सरकार र सरोकारवालाहरुले अपनाउनुपर्ने विधिहरुका बारेमा बिस्तृत छलफल गरिएको छ ।

दाङ जिल्लामा वाल विवाहको अवस्था न्यूनीकरण गर्न चुनौती रहेकोले सबै स्थानीय सरकार र सरोकारवालाहरु सकृय भएर लाग्नुपर्ने कार्यक्रममा बताइएको छ । देउखुरीको राजपुर र गढवामा वालविवाहको अवस्था गंभिर रहेको अवस्थामा गढवा गाउँपालिकामा मात्रै कुल ५७ जना किशोरीहरुले वालविवाह गरि सुत्केरी भएको बताइएको छ । जसमध्ये वडा नम्बर ५ मा १४ जना वडा नम्बर ६ मा १६ जना र अन्य वडाहरुमा २७ जनाको संख्यामा वालविवाह गरेर सुत्केरी भएको गढवा गाउँपालिकाको स्वास्थ्य शाखाको डाटा रहेकाे कार्यक्रममा स्वास्थ्य संयोजक कैलाश चौधरीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले गढवा गाउँपालिकाले वालविवाह न्यूनिकरण गर्न सरकारले तय गरेका ५१ सुचकहरु कार्यान्वयन हुने गरी गढवाका १ देखि ४ सम्मका चारवटा वडाहरुमा वालमैत्रि स्थानीय शासन कायम गर्न कार्यक्रम सुरु गरिसकेको बताइन् । वालविवाह न्यूनिकरण गर्न स्थानीय सरकारलाई सबै सरोकारवालाहरुले समन्वयात्मक ढंगले सघाउन आवश्यक रहेको उनले औंल्याइन् ।

कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष लेख बहादुर थापा,वडा नम्बर ६ का अध्यक्ष बिरबहादुर आले तथा वडा सदस्य दिनमणि आचार्यले वालविवाह न्यूनीकरण गर्न स्थानीय सरकार र सबै सरोकारवालाहरु एकाकार भएर लाग्नुपर्ने देखिएको बताए । कार्यक्रमको सहजीकरण मुक्त कमलरी बिकास मञ्च दाङका कार्यक्रम संयोजक ज्ञानु थापा र सामाजिक परिचालक निमा चौधरीले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]