
Pbu
Lnp
Sgr
Rgp1
pku
Ggp
Gfs
Pes
Djs
Srbpu
cjs
Rgp
sbs
Unsku

Ksm
Rgs
Ssm
Hal
Bbu
Gst
Sbs
Rsb
Tsm
nsb
Wsp
Bbbpu
Rgu
Rgu
Asm
Vor
Pvg
Sls
Ggd

Ptm
Mks
Jmb
Rmb
Syp
Jmb
sab
Pls
Bml
Gsb
bbt
Rpp
Abd
काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेललाई मंगलबार नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
सरकारको यो निर्णयसँगै पौडेल १८औं गभर्नर बनेका छन् । उपप्रधान एंव अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । मंगलबार बसेको सिफारिस समितिको बैठकले विश्व पौडेल, निलम ढुंगाना तिम्सिना र दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो । सिफारिसअनुसार मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो ।
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै गत चैत २५ गतेदेखि राष्ट्र बैंकमा गर्भनर पद खाली छ । गभर्नर नियुक्तिमा ढिलाई हुने देखिएपछि अर्थ मन्त्रालयले कामु गभर्नरको जिम्मा डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई दिएको थियो ।
गभर्नर नियुक्तिको विषयमा दुई महिनादेखि सत्तारुढ दल कांग्रेस र एमालेका निम्ति पेचिलो विषय बनेको थियो । कतिसम्म भने किचलो बढदै जाँदा चैत ११ गते गभर्नर सिफारिस समिति गठन भएपछि यसका दुई सदस्यले फरक-फरक समितिमा राजीनामा दिएका थिए । वैशाख ९ मा समिति सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईद्वारा राजीनामा दिएका थिए । आफूलाई गभर्नर बन्न प्रस्ताव आएपछि वैशाख २८ मा विश्व पौडेलले समिति सदस्यबाट राजीनामा दिएका थिए ।
वैशाख ३१ मा अर्थमन्त्री पौडेलले सिफारिस समिति नै पुनर्गठन गठन गरेर समिति सदस्यमा पोषराज पाण्डे नियुक्त गरेका थिए । गभर्नरमा नियुक्त पौडेलले अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । उनी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका थिए । काठमाडौं विश्वविद्यालयका अध्यापकसमेत रहेका उनीसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारका रूपमा काम गरेको अनुभव पनि छ ।
यस्तै २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी चितवन क्षेत्र नम्बर १ मा कांग्रेसबाट उम्मेदवार बनेका थिए ।चितवन-१ मा रास्वपाका हरि ढकाल ३४ हजार २ सय १८ मतसहित विजयी भएका थिए । दोस्रो स्थानमा रहेका एमाले उम्मेदवार सुरेन्द्र पाण्डेले २६ हजार ६०८ मत ल्याएका थिए । पौडेल भने तेस्रो स्थानमा रहँदै २४ हजार ९ सय ९० मत ल्याएका थिए ।
