
Pbu
Djs
pku
Pes
Lnp
Ggp
Rgp
sbs
cjs
Gfs
Sgr
Srbpu
Rgp1
Unsku

Sbs
Bbu
Hal
Ggd
Vor
Pvg
Rsb
Ksm
Gst
Ssm
Rgu
Asm
Sls
Bbbpu
Wsp
Rgs
Rgu
Tsm
nsb

sab
Gsb
Abd
Mks
Rmb
bbt
Jmb
Bml
Pls
Syp
Jmb
Rpp
Ptm
दाङ । तुलसीपुर उपमहानगरपालिकामा २ सय ७४ जना बालबालिकामा कुपोषण भेटिएको छ । ५९ देखि ६ महिनासम्मका ९ हजार ५ सय ९४ जनाको स्क्रिनीङ गर्दा मध्यम खालको कुपोषण २ सय ६८ र कडाखालको कुपोषण ६ जना बालबालिकामा भेटिएको हो ।
जसअन्तर्गत सबैभन्दा बढी तुलसीपुर -११,मा ३० मध्यम कुपोषण भेटिएको,पोषण मार्फत जीवन रुपान्तरण परियोजनाले जनाएको छ । तुलसीपुरमा भएको सरोकारवालाहरुको छलफलमा यस्तो तथ्याङ्का सार्वजनिक भएको हो । त्यसैगरी वडा नम्बर १२ मा २६, वार्ड नम्बर ४ मा २५ जनामा कुपोषण फेला परेको परियोजना प्रमुख सुरेश चौधरीले जानकारी दिए ।
त्यस्तै वार्ड नम्बर १६ मा १७, वार्ड नम्बर १७ मा १७, वार्ड नम्बर १८ मा १५, वार्ड नम्बर ३ मा १४, वार्ड नम्बर ६ मा १२, वार्ड नम्बर १३ मा १३, वार्ड नम्बर १४ मा १०, वार्ड नम्बर ७ मा ११, वार्ड नम्बर ५ मा १०, वार्ड नम्बर २ मा ११, वार्ड नम्बर १ मा ५, वार्ड नम्बर ८ जनमा ८, वार्ड नम्बर १० मा ९, वार्ड नम्बर १९ मा १२ र वार्ड नम्बर १५ मा १२ जना सिघ्र कुपोषण बालबालिका भेटिएका छन् । त्यसैगरी समग्र पालिकामा ६ जनामा कडा सिघ्र कुपोषण भेटिएको छ ।
यस्तै पोषण कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड बालबालिकाको शुरुवाती वर्षहरुमा पोषणमा गरिने लगानीले समग्र समुदायलाई नै दीर्घकालीन प्रतिफल दिने भएकाले समयमै सोच्ने बेला आएको सरोकारवालाहरुले बताएका छन् । सही समयमा सही लगानी नगरे भोलिका कर्णधार भनिएका बालबालिका नै कुपोषणकै कारण वौद्धिक क्षेमतामा कमि,ख्याउटे,पुड्को र रक्तअल्पता जस्ता समस्याले ग्रसीत हुँदा समाजलाई दिर्घकालसम्म असर पर्ने भएकाले समयमै गम्भिर बन्न आवश्यक रहेको सरोकारवालाहरुले बताए ।
त्यस्तै जीवन रुपमान्तरणका लागि सरकारले नै मुख्य नीति तथा कार्यक्रम लिएर अघि बढेमा मात्रै कुपोषणलाई न्युनिकरण गर्न सकिने तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रर्वद्धन शाखा प्रमुख ओमपी न्यौपानेले बताए । यसका लागि खानपान र जीवन शैलिमा समेत परिवर्तन ल्याउनु पर्ने न्यौपानेको जोड रहेको छ ।
तुलसीपुरमा मध्यम र कडा खालका कुपोषीत बालबालिकाको संख्या डरलाग्दो रुपमा पाइएपछि झस्कीएको तुलसीपुर उपमहानगरले पोषणयुक्त सन्तुलीत खानामा जोड दिने संकेत गरेको छ । ‘बालबालिकाको जीवनरक्षा,स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण एक दरिलो जग हो । राम्रो पोषण पाएका बालबालिकाहरु राम्ररी सिक्न र हुर्कन सक्छन्,समुदायमा सहभागी हुन र योगदान दिन,तथा रोग,विपत्ति र अन्य विश्वव्यापी संकटहरुसंग लड्न समर्थ हुन्छन ।
तर कुपोषणले बालबालिकाको शारीरिक र मानसिक विकासलाई वास्तविक रुपमै छोट्याउने काम गर्दछ । यसका लागि गम्भिर भएर कुपोषणको व्यवस्थापन गर्न आवश्यक छ ।’तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले बताए । बजेट ल्याउने समय पनि भएकाले पोषण सुधार कार्यक्रमका लागि आगामी वर्षको वडा र नगर स्तरीय सिलङमा प्राथमिकता दिने मेयर खडकाले बताए ।
