
Srbpu
cjs
Unsku
Rgp
Ggp
Pbu
Sgr
Djs
sbs
Gfs
Pes
pku
Rgp1
Lnp

Wsp
Pvg
Sls
Hal
Sbs
Rgu
Asm
Ggd
Ssm
Rgu
Bbu
Rgs
Gst
Vor
nsb
Tsm
Ksm
Bbbpu
Rsb

Pls
Bml
Gsb
bbt
Rmb
Jmb
Jmb
Syp
Rpp
Mks
Ptm
sab
Abd
काठमाडौँ । पछिल्लो समय पानी पर्न थालेकाले डेङ्गु सङ्क्रमणको जोखिम बढ्नेसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण प्रसाद दाहालले जम्मा भएको पानीले डेङ्गी सङ्क्रमण बढाउने खतरा रहेकाले सतर्क रहन सम्पूर्णलाई आग्रह गरेका हुन् ।
त्यस्तै उनले भने, ‘पानी जम्मा हुँदा त्यसमा डेङ्गु सार्ने लामखुट्टेको विकास हुने गर्दछ । यसका लागि १५ देखि २० दिन लाग्छ । अबको १५ देखि २० दिन डेङ्गु सङ्क्रमण हुने खतरा रहेको छ । सबैले आवश्यक सतर्कता अपनाउन आग्रह छ ।’ पानी जम्ने ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोकेर डेङ्गु रोग लाग्ने गर्दछ । शाखा प्रमुख डा.दाहालले गत वर्ष धेरै डेङ्गी सङ्क्रमण भएका ३५ स्थानीय तहमा सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न पत्राचार गरिसकिएको बताए ।
यस्तै उनका अनुसार पुस १७ यता ९६८ जनामा सङ्क्रमण देखिएको छ । सन् २०२४ मा देशका ७६ जिल्लामा डेङ्गु सङ्क्रमण फैलिँदा ४१ हजार ८६५ सङ्क्रमित र १५ जनाको मृत्यु भएको थियो ।
