शिबराज पन्थी/सिधा-पत्र कर्मी बुधबार, बैशाख २४, २०८२

दाङ । नेपालका सात सय त्रिपन्न स्थानीय तह मध्ये एक बर्षभित्र १ सय ५४ पालिकामा पुगेको कपडा बैंक अभियान गढवा गाउँपालिकामा एक कार्यक्रमका बिच बुधवार उद्घाटन भएको छ ।गढवा गाउँपालिका र कपडा तथा खाद्य बैंक नेपालको साझेदारीमा यो अभियानको एक कार्यक्रम बिच बुधवार जिल्लामै पहिलो पटक सुभारम्भ गरिएको हो । यो अभियान अन्तर्गत प्रयोगमा नआएका प्रयोगजन्य कपडाहरुलाई प्रशोधन गरेर नयाँ बनाईने र ति कपडाहरुलाई आपत् विपद्मा परेका र नयाँ किन्न नसक्ने नागरिकहरुलाई निःशुल्क वितरण गर्ने कार्यक्रम रहेको कपडा बैंक नेपालका प्रमुख कमल जिसीले जानकारी दिए ।कोहि पनि नागरिक कपडा विहिन नहोउन भन्ने अवधारणा अनुरुप हुनेले दिनेर नहुनेले लिने निःशुल्क अभियान रहेको जिसीले जानकारी दिए । घर टोल समाजलाई स्वच्छ र सफा राखौँ,कोहिपनि नागरिकहरु कपडा विहिन नहुन भन्ने मुल मन्त्रलाई आत्मासात गर्दै पूण्ड्य कार्यमा सहभागि बनौं भन्ने मान्यताका साथ गढवामा कपडा बैंकको सुरुवात गरिएको गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताए ।नागरिकलाई सहयोग गरौं–कपडा बैंकमा प्रयोग विहिन कपडा सबैले जम्मा गरौं भन्ने अभियानलाई सञ्चालन गरि प्राकृतिक प्रकोप पिडित तथा सिमान्तकृत र बेसाहारा नागरिकहरुलाई आवश्यकता अनुसारका निःशुल्क वितरण गर्ने पालिकाको लक्ष्य रहेको अध्यक्ष शर्माले बताए । अभियान अन्तर्गत गाउँपालिकामा एउटा बपडा बैंक बक्स राखिएको छ, त्यसमा जो कसैले पनि घरमा प्रयोग बिहिन भएर रहेका कपडाहरु लगेर राख्नि पाईन्छ र ति कपडाहरु बुटवलमा रहेको प्रशोधन केन्द्र लगेर प्रशोधन गरिने र नयाँ टाईजिन र प्याकिङ गरि नागरिकहरुले सजिलै प्रयोग गर्न सकिने अवस्थामा ल्याइने कपडा बैंकका प्रमुख कमल जिसीले जानकारी दिए ।हालसम्म १५४ पालिकाहरुमा कपडा बैंक अभियान सञ्चालन गरिएको, २७ हजार स्क्विायर फिटमा वेयर हाउस खोलिएको र २२ जनालाई रोजगार प्रदान समेत गर्न सफल भएको प्रमुख जिसीले बताए । घरमा प्रयोग विहिन भएर बाकसमा राखिएका कपडाहरु बैंकलाई दिएर नागरिकहरुलाई सहयोग गरि पुण्य कमाउन उनले कार्यक्रमका सहभागिहरुलाई आग्रह गरे । कपडा बैंक सञ्चालन अभियान मार्फत थोरै समयमै देशमा एक हजार बढी बैंकहरु सञ्चालन गर्ने र मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउने बैंकको लक्ष्य रहेको उनले बताए ।गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कपडा बैंक उद्घाटन कार्यक्रममा निर्वाचित जनप्रतिनिधीहरु, कर्मचारीहरु, संघसंस्था तथा स्थानीय सामाजिक ब्यक्तित्वहरु र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको स्वागत मन्तब्यबाट आरम्भ भएको कार्यक्रमको सहजिकरण कपडा बैंक नेपालका प्रमुख कमल जिसी र गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्माले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]