
Gfs
Ggp
Djs
sbs
Srbpu
Lnp
Rgp1
Sgr
Unsku
pku
Pbu
cjs
Rgp
Pes

Asm
Sls
Ksm
nsb
Wsp
Rsb
Gst
Pvg
Ggd
Hal
Rgu
Rgs
Bbbpu
Rgu
Bbu
Vor
Sbs
Ssm
Tsm

Jmb
Syp
Jmb
Pls
Gsb
Ptm
sab
Mks
Rmb
Abd
Bml
bbt
Rpp
दाङ । नेपाल रेडक्रस सोसाईटी उपशाखा गढवाले पछिल्लो समयमा नेपालका तराई क्षेत्रहरुमा फैलिन थालेको डेंंगो र दादुरा महामारीबाट नागरिकहरुलाई बचाउन सतर्कता अभियान नै सञ्चालन गरिरहेको छ ।
गढवा गाउँपालिका वडा नम्बर ६ को आर्थीक प्राबिधीक सहयोगमा उपशाखा गढवाले बिभिन्न गाउँवस्तिहरुमा अभियान नै थालनी गरेको सभापती उमाकान्त पन्तले जानकारी दिए । ।यसअघि रेडक्रसको आयोजना र गढवा गाउँपालिका ६ नम्बर वडा कार्यालयको संयोजनमा गढवाको कुमाल टोलमा स्वास्थ्य कर्मिद्धारा सचेतना कार्यक्रम गरिएको थियो भने बुधवार गढवा–६ को बालाखुटी र हाँसीपुर टोलमा कार्यक्रमको आयोजना गरि डेंगो र दादुरा महामारिबाट बच्न पूर्व सतर्कता अपनाउन आम नागरिकहरुलाई आव्हान गरिएको छ ।
त्यस्तै उपशाखा गढवाका सभापति उमाकान्त पन्तको अध्यक्षता र गढवा गाउँपालिका ६ नम्बरका वडा सदस्य दिनमणी आचार्यको प्रमुख आतिथ्यमा सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओंम प्रकाश बसेल, पत्रकार शिबराज पन्थी,आलोक भावुक, उद्यमशिल महिला समूह बालाखुटीका अध्यक्ष बिमला खनाल र शिखर टोलबिकास संस्थाका अध्यक्ष ऋषिराम पन्थी लगायतले सन्देश मूलक भनाई राखेका थिए ।
एक बर्ष मुनीका वालवालीका, गर्भवती तथा सुत्केरी महिला, बृद्धबृद्धा, दिर्घरोगी, रगत जम्ने समस्या भएका मानिसहरु र मोटोपना भएका मानिसहरुमा डेंगो रोगको संक्रमण तुरुन्त हुनसक्ने कार्यक्रममा जानकारी गराइएको छ । डेंगोका किटाणुले आक्रमण गरेमा ज्वरो आउने, टाउको र आँखाका गेडीहरु दुख्ने, हातखुट्टा र शरिर नराम्रोसंग दुख्ने, खाना खान मन नलाग्ने र वान्ता हुने जस्ता लक्षण हुने कार्यक्रममा स्वास्थ्यकमीृद्धारा जानकारी गराइएको हो ।
त्यस्तै सफा पानीमा बस्ने पानीमै फूलपार्ने लामखुट्टेले मानिसलाई टोकेमा डेंगो रोग लाग्ने भन्दै गाउँ, घर तथा बजारहरुमा पानी जम्ने खालका कुनैपनि भाँडाहरु, टायरहरु, गमलाहरु र खाल्डाहरु पानी जम्न नदिने कुरामा सन्देश प्रबाह गरिएको थियो । लामखुट्टेको टोकाईबाट बच्न घर वरीपरी पानी जम्न नदिने र झुल प्रयोग गरेर मात्र सुत्न कार्यक्रमका सहभागिहरुलाई आग्रह गरिएको थियो ।
कार्यक्रममा डेंगो रोग र यसका लक्ष्यणहरु, सावधानी अपनाउनु पर्ने बिधिहरु र यसले मानव शरिरमा पार्ने असरहरुका बारेमा तथा दादुरा रोगबाट बच्ने उपायहरुका बारेमा समेत स्वास्थ्यकर्मी सुर्य नारायण यादवले प्रशिक्षण दिएका थिए । गढवा गाउँपालिकाको ६ नम्बर वडामा सबैभन्दा बढी डेंगोको संक्रमण देखिएको स्वास्थ्यचौकी गढवाले जनाएको छ । जस अनुसार गत आर्थिक बर्षमा २४१ जनामा डेंगो देखिएकोमा १० जना गंभिर बिरामी भएर बाँच्न सफल भएको र यसबर्षको हालसम्म ३७ महिला र ३० पुरुष गरी ६७ जनमा डैंगो संक्रमण देखिएको कार्यक्रममा जानकारी गराइएको थियो ।
