
Unsku
Rgp1
Pes
Djs
Rgp
Gfs
Srbpu
sbs
cjs
Ggp
Lnp
Pbu
pku
Sgr

Ggd
Bbbpu
Ksm
Wsp
Gst
Rgu
nsb
Sbs
Rgu
Vor
Hal
Bbu
Rgs
Asm
Rsb
Pvg
Tsm
Ssm
Sls

Jmb
Mks
Ptm
Rmb
Abd
Pls
Gsb
Syp
Jmb
sab
Bml
bbt
Rpp
दाङ । लन्डन,बेलायत–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अन्तर्गतको प्रवास नेपाली सम्पर्क विभाग बेलायतको पहिलो महाधिवेशन सम्पन्न भएको छ ।
रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग बेलायतको पहिलो महाधिवेशन हालै लन्डनमा भव्य रूपमा सम्पन्न भएको हो । महाधिवेशनबाट बुटवलका पवन शर्मा सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । यस्तै उपसभापतिमा गुल्मीका कुलेश्वर ढकाल, सचिवमा काठमाण्डौंका कृष्ण लुइँटेल, सहसचिवमा दाङका रमेश बेल्बासे र कोषाध्यक्षमा चितवनका बाबुराम न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै नवनिर्वाचित सहसचिव रमेश बेल्बासे दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीया निवासी हुन् । उनले विभाग अन्तर्गत गठन गरिएको ‘व्यवसाय सहायता डेस्कको नेतृत्व गर्ने जिम्मेवारी पनि पाएका छन् । उक्त डेस्कले बेलायतमा रहेका नेपाली व्यवसायी तथा उद्यमीहरूलाई आवश्यक स्रोत, व्यवसायिक तालिम र विशेषज्ञता प्रदान गर्नुका साथै नेपालमा लगानी तथा व्यवसाय विस्तारको अवसरका लागि पुलको रूपमा कार्य गर्ने छ ।
यस्तै यसको पहलले बेलायतमा रहेका प्रवासी नेपालीहरूलाई सशक्त पार्दै, नेपालमा आर्थिक समृद्धिमा प्रत्यक्ष योगदान दिने विश्वास लिइएको छ । कार्यक्रममा सांसद तथा नीति विश्लेषक डा. स्वर्णिम वाग्लेको विशेष उपस्थिति रहेको थियो ।
