
Pbu
Rgp
Ggp
Djs
Rgp1
pku
Gfs
Srbpu
Lnp
Sgr
sbs
Pes
Unsku
cjs

Tsm
Pvg
Rgs
Ssm
Sbs
Asm
Hal
Rgu
Bbu
Ksm
Vor
nsb
Gst
Wsp
Sls
Ggd
Rgu
Bbbpu
Rsb

Abd
Pls
Ptm
bbt
Jmb
Rmb
Mks
sab
Gsb
Bml
Rpp
Jmb
Syp
काठमाडौँ । नेपाल चिकित्सक संघले २४ घण्टाभित्र सरकारले माग सम्बोधन नगरे स्वास्थ्यसेवा ठप्प पार्ने घोषणा गरेको छ ।
बुधबार एक विज्ञप्ति जारी गर्दै संघले चिकित्सा शिक्षा आयोगको १६ औँ पूर्ण बैठकको निर्णय कार्यान्वयन र शैक्षिक कार्यक्रम अनुसार निजी र सरकारी प्रतिष्ठानहरुमा एकै पटक म्याचिङ प्रक्रिया गरिनुपर्ने लगायतका माग सहित २८ दिनदेखि चिकित्सकहरु सडडक आन्दोलनमा छन् ।
तर,सरकारले हालसम्म पनि माग सम्बोधनका लागि तदारुकता नदेखाएपछि संघले २४ घण्टाभित्र माग पुरा गर्न भनेको हो । माग पुरा नभए देशभरिका आकस्मिक तथा सघन उपचार सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने चिकित्सक संघले घोषणा गरेको छ ।
यस्तै चिकित्सक संघले आत्मसम्मानको आन्दोलनलाई सफल पार्न सम्पूर्णमा आग्रह समेत गरेको छ । चिकित्सक संघले यसअघि पनि माग सम्बोधनका लागि गत चैत्र ३१ मा ७२ घण्टे अल्टिमेटम दिएको थियो । विद्यालय शिक्षा विधेयक जारी गर्न भन्दै शिक्षकहरु पनि गत चैत्र २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलनमै रहेका छन् ।
