Sidha Patra बिहिबार, बैशाख ११, २०८२

काठमाडौँ । नेपाल चिकित्सक संघले २४ घण्टाभित्र सरकारले माग सम्बोधन नगरे स्वास्थ्यसेवा ठप्प पार्ने घोषणा गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै संघले चिकित्सा शिक्षा आयोगको १६ औँ पूर्ण बैठकको निर्णय कार्यान्वयन र शैक्षिक कार्यक्रम अनुसार निजी र सरकारी प्रतिष्ठानहरुमा एकै पटक म्याचिङ प्रक्रिया गरिनुपर्ने लगायतका माग सहित २८ दिनदेखि चिकित्सकहरु सडडक आन्दोलनमा छन् ।

तर,सरकारले हालसम्म पनि माग सम्बोधनका लागि तदारुकता नदेखाएपछि संघले २४ घण्टाभित्र माग पुरा गर्न भनेको हो । माग पुरा नभए देशभरिका आकस्मिक तथा सघन उपचार सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने चिकित्सक संघले घोषणा गरेको छ ।

यस्तै चिकित्सक संघले आत्मसम्मानको आन्दोलनलाई सफल पार्न सम्पूर्णमा आग्रह समेत गरेको छ । चिकित्सक संघले यसअघि पनि माग सम्बोधनका लागि गत चैत्र ३१ मा ७२ घण्टे अल्टिमेटम दिएको थियो । विद्यालय शिक्षा विधेयक जारी गर्न भन्दै शिक्षकहरु पनि गत चैत्र २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलनमै रहेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]