
Srbpu
sbs
cjs
Pbu
Rgp
Gfs
Rgp1
Lnp
Pes
Djs
Ggp
Unsku
pku
Sgr

Rgu
nsb
Ksm
Rgu
Bbu
Gst
Wsp
Rsb
Sbs
Ssm
Asm
Vor
Tsm
Hal
Bbbpu
Pvg
Rgs
Ggd
Sls

Syp
Rmb
Abd
Jmb
Mks
Jmb
Pls
Ptm
Gsb
Bml
sab
Rpp
bbt
काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते पेस गर्नेगरी प्रतिनिधि सभा क्यालेन्डरको मस्यौदा तयार भएको छ । सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँगको छलफलपछि उक्त मस्यौदा तयार पारेका हुन् ।
बजेट अधिवेशन सुरू हुनु २ दिनअघि भएको बैठकमा घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद सञ्चालन गर्ने प्रस्ताव गर्नुभएकाे छ । बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।
त्यस्तै,आगामी जेठ २ गतेबाट प्रि–बजेट छलफल गर्ने प्रस्ताव सरकारले गरेको छ । उक्त क्यालेन्डर वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस हुनेछ । घिमिरेले सरकारको नीति तथा कार्यक्रम, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्था बमोजिम पूर्वबजेट छलफल तथा बजेटको चापको अवगत गराएका थिए । विद्यालय शिक्षा विधेयकलाई पनि प्राथमिकताका साथ पारित गर्नुपर्ने दायित्व संसदको रहेको उनले बताए ।
यस्तै‘शिक्षकहरूले ऐन नलिई जान्न भन्नुभएको छ । उनले मलाई समेत भेटेर पहल गरिदिन भनेका छन् । उपसमितिले वैशाख २३ सम्मको समयावधिभित्रै प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाएको अवस्थामा यसलाई प्राथमिकता दिने गरी संसदले तयारी गरेको छ । जुनसुकै दिन विधेयक संसदमा प्रस्तुत गर्ने गरी क्यालेन्डरमा सुरक्षित गर्नेछौं । समितिको प्रतिवेदन आएलगत्तै संसदले पारित गर्ने प्रक्रिया सुरू गर्छ’, घिमिरेले भने ।
