
mbd
Mbdvs
Pbu
Gisld
Sds
Rbs

Ggd
Asm
Ssm
nsb
Sls
Vor
Ksm
Rsb
Rgs
Gst
Tsm
Rgu
Bbbpu
Rgu
Hal
Sbs
Wsp
Pvg
Bbu

Pls
Abd
Jmb
sab
Rpp
Syp
Bml
Rmb
Mks
Jmb
Ptm
bbt
Gsb
बाँके । लुम्बिनी प्रदेशको बाँके राष्ट्रिय निकुञ्जमा चोरी सिकार गरेको आरोपमा ६ नाल भरुवा बन्दुकसहित नौ जना पक्राउ परेका छन् । यस्तै बाँके राष्ट्रिय निकुञ्जबाट खटिएको नेपाली सेना र निकुञ्ज कार्यालयका कर्मचारी सहितको टोलीले हतियारसहित अवैध जीवजन्तु चोरी सिकार कार्यमा संलग्न भएको आरोपमा नौ जना पक्राउ परेका हुन् ।
त्यस्तै पक्राउ पर्नेहरुमा सल्यानका भीमबहादुर खनाल,रत्न थापा मगर,कृष्णबहादुर थापा,सोमबहादुर खत्री,टेकबहादुर कुँवर,कुमार थापा,धनबहादुर थापा,देवप्रसाद थापा र तिलक डाँगी रहेका छन् । उनीहरूले गोठ तथा घर नजिकको झाडीमा लुकाएर राखेको ६ नाल भरुवा बन्दुक बरामद भएको र कारबाहीका लागि निकुञ्ज कार्यालयमा बुझाइएको नेपाली सेनाले जानकारी दिएको हो ।
