
Rbs
Pbu
Gisld
Anm
Gmk
mbd
Mbdvs
Sds
Ksm

Hal
Rgs
Sbs
Rgu
Bbu
Ssm
Rsb
Wsp
Ksm
Vor
nsb
Ggd
Gst
Bbbpu
Tsm
Pvg
Rgu
Asm
Sls

Bml
Gsb
Mks
Pls
Ptm
sab
Rpp
Jmb
Jmb
Abd
Rmb
Syp
bbt
प्यूठान । प्यूठानमा भएको स्कारपियो दुर्घटनामा परि एक जनाको घटना स्थलमा मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार अर्घाखाँचीको शितगंगा नगरपालिका- ७ का अन्दाजी ४२ वर्षीय टंक बहादुर बुढाको घटनास्थलमै मृत्यु भएको हो ।
अचानक गाडीको ब्रेक फेल भएको कारण सो स्कारपियो दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा अन्य ३ जना गम्भीर घाइते भएका छन् । उनीहरूको अहिले प्यूठान जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहको छ । त्यस्तै गाडिमा जम्मा एघार जना यात्रु सवार थिए। गाडि सडकबाट ५० मिटर तल खसेको हो । दाङको भालुवाङबाट रोल्पाको सुलिचौरका लागि छुटेको रा १ ज ८०९ नम्वरको स्कारपियो शुक्रबार बिहान प्यूठानको सरुमारानी गाउँपालिका वडा नम्बर ६ मोतिपुरमा दुर्घटनामा परेको प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिल मल्लले बताउनु भयो ।
