
Rksr-7
Csbg-7
Gsbr-6
Jsbr-3
Pbu
Jsbg-7
Usbl-7
Msbg-2
Gsbg-3
ksbl-7


काठमाडौँ । पछिल्लो समय देशमा मुख्यतया स्थानीय तथा पश्चिमी वायुको प्रभाव कायमै रहि आएको छ ।
त्यस्तै बिहार आसपास रहेको न्यून चापीय रेखाको पनि सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली रहेको छ । कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।
यस्तै आज दिउसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।
त्यस्तै आज राति कोशी प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहनेछ । कोशी प्रदेशको थोरै स्थानहरूमा तथा गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्या ङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।
