
Jsbg-7
Csbg-7
Gsbr-6
Usbl-7
Gsbg-3
ksbl-7
Jsbr-3
Pbu
Msbg-2
Rksr-7


दाङ । प्रेस चौतारी नेपाल लमही नगर कमिटीको दोस्रो अधिवेसनले किसन भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
उपाध्यक्षमा सोविन्द्र पोख्रेल,सचिवमा सृष्टि चौधरी र सदस्यहरुमा दिपेन्द्र पुलामी,विशाल पोख्रेल,राजिव चौधरी,मानव चौधरी,कुशल आचार्य,शिशिर पुन मगर,प्रभात पौडेल,प्रविण पौडेल,अब्दुल अजित रङ्गरेज रहेका छन् ।
लुम्बिनी प्रदेश उपाध्यक्ष दशरथ घिमिरेको अध्यक्षता तथा लुम्बिनी प्रदेश ईञ्चार्ज टिका बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेसन उद्घाटन सत्रलाई सम्वोधन गर्दै प्रमुख अतिथि बस्नेतले पत्रकारीताको माध्यमबाट समाज रुपान्तरणको अभियानमा जोडिन जरुरी रहेको बताए ।
पेशागत दक्षता अभिवृद्धि गर्दै जागरणको अभियानहरुमा पत्रकारहरुले अतुलनीय योगदान पुर्याएको बताए । नेकपा एमाले लुम्बिनी प्रदेशका सदस्य कुलबहादुर केसीले पत्रकारीताको माध्यमबाट समाज रुपान्तरण सम्भव रहेको र यसमा प्रेस चौतारीमा आवद्ध पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे ।
कार्यक्रमलाई नेकपा एमाले लमही नगर कमिटिका अध्यक्ष रतनकुमार केसी,सचिव पवन शर्मा रिजाल, वडा नम्बर ७ का पार्टी अध्यक्ष तेजबहादुर डाँगी, गौरव सिंह महरा, अनेरास्ववियूका जिल्ला उपाध्यक्ष दिपेन्द्र पुलामी,संगठन विभाग प्रमुख अमृत शर्मा लगायतकाले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण जिल्ला उपाध्यक्ष लक्ष्मी पोख्रेलले गरेकि थिइन् ।
