
Ses
Pbu
Sgr
Srbpu
Gfs
Lnp
Ggp
Unsku
cjs
Rgp
Rgp1
Djs
pku
Pes

Ksm
Bbbpu
Vor
Rsb
Ggd
Rgs
Asm
Gst
Wsp
Bbu
Pvg
Rgu
Tsm
Rgu
Sls
nsb
Hal
Sbs
Ssm

Jmb
Gsb
sab
Abd
Mks
Bml
Pls
bbt
Rpp
Rmb
Jmb
Ptm
Syp
जनकपुर । जनकपुरमा आज घोषित आम हड्ताल सफल पार्न उत्रिएका नेकपा प्रचण्ड माधव स’मुहका नेता कार्यकर्ता र प्रहरी बीच जनकपुरमा झडप भएको छ । सो झडपमा प्रहरीको लाठी लागेर पूर्व मन्त्री एवं नेकपाका केन्द्रीय समिति सदस्य रामचन्द्र झाको टाउको फुटेको हो । बन्दकारीले गाडीमा तोडफोड गर्न थाले पछि प्रहरीले बल प्रयोग गरेको थियो । टाउकोबाट रगत बग्न थालेपछि झालाई कार्यकर्ताहरुले लगेका थिए । केही आन्दोलन कारीलाई प्रहरीले पक्राउ गरे पनि संख्या एकीन भएको छैन ।
त्यस्तै झडपमा परी प्रहरी जवान लालबाबु राय पनि घाइते भएका छन् । यस्तै प्रहरीले केही प्रदर्शन कारीलाई नियन्त्रणमा लिएको समेत जनाएको छ । पुष्पकमल दाहाल-माधवकुमार नेपाल नेतृत्वको नेकपाले आम हड्ताल गर्नेक्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा केही गाडीमा समेत तोडफोडसमेत भएको छ । यसैगरी आम हड्ताललाई चुनौती दिँदै ओलीपक्षको मार्चपास केपी ओलीपक्षीय नेकपाका युवा विद्यार्थीले आम हड्तालको विरोध र भोलिको जनप्रदर्शनको प्रचारप्रसार गर्दै काठमाडौंमा मार्चपास गरेका छन् ।
शुक्रवार काठमाडौंमा हुने ओली पक्षको वृहत जनप्रदर्शनको तयारीस्वरूप स्वयंसेवकहरूलाई अभिमुखीकरण तालिम दिएपछि रातो टोपी लगाएका युवा विद्यार्थीले सडकमा मार्चपास परेका हुन् । युवा नेताहरू महेश बस्नेत,माधव ढुंगेल,ऐन महर लगायतको नेतृत्वमा प्रदर्शनीमार्गबाट ओली पक्षको जुलुस अघि बढेको छ । बन्द आह्वानकर्ता र ओली पक्षबीच झडप हुन नदिन सुरक्षाकर्मी तैनाथ भएका छन् । भोलि हुने जनप्रदर्शनको तयारीस्वरूप स्वयंसेवकहरूलाई अभिमुखीकरण दिइएको हो ल । जनसभामा सहभागी हुने कार्यकर्ता र सर्व साधारणको भीड व्यवस्थापन,रेखदेख लगायतका विषयमा नेता महेश बस्नेत,माधव ढुंगेललगायतका युवा तथा विद्यार्थी नेताले प्रशिक्षित गर्नु भएको थियो ।
