
Gsbg-3
Pbu
Usbl-7
Msbg-2
Gsbr-6
Csbg-7
Jsbg-7
Rksr-7
ksbl-7
Jsbr-3


काठमाडौँ । हजारौँ ईसेवा प्रयोगकर्ताको खाताबाट १ करोड रुपैयाँभन्दा बढी रकम चोरी गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।
त्यस्तै पक्राउ पर्नेमा कञ्चनपुर घर भई हाल काठमाडौँ अनामनगर बस्ने २२ वर्षीय राहुल बुढा रहेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बुढाले ईसेवा प्रयोगकर्ताहलाई एसएमएसमार्फत द अर्लट, एटी अलर्टजस्ता फिसिङ लिंक पठाएर ‘तपाईंको खाता सस्पेन्ड’ हुन लागेको भन्दै चेतावनी पठाउँथे । प्रहरी उपरीक्षक अंगुर जिसी भन्छन्, ‘त्यसपछि उनले भेरिफाइका लागि भन्दै लिंक खोल्न लगाएर ईसेवा अनधिकृत पहुँच पुर्याउँथे ।’
यस्तै प्रहरी उपरीक्षक जिसीका अनुसार बुढाले ४ हजारभन्दा बढी व्यक्तिहरुको ईसेवामा मौजदात रहेको रकम चोरी गर्न सफल भएका थिए । उनले १ करोड २ लाख रुपैयाँ बराबरको रकम चोरी गरेको खुल्न आएको छ । उनले सबै रकम पशुपति ग्लोबल इनोभेसन प्रालिको मर्चेन्ट खाताहरुमा ट्रान्सफर गरेका थिए ।
त्यस्तै उनलाई वैशाख २ गते काठमाडौँको कालिमाटीबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।
