
cjs
Pes
sbs
Ggp
Rgp1
Unsku
Rgp
Pbu
Sgr
Gfs
Lnp
Djs
Srbpu
pku

Ksm
Gst
Asm
Rgu
Rsb
Pvg
Ggd
Rgu
Bbbpu
Bbu
Rgs
Sbs
Hal
Wsp
Vor
Tsm
Ssm
Sls
nsb

Mks
Jmb
sab
bbt
Rpp
Pls
Rmb
Abd
Ptm
Bml
Gsb
Syp
Jmb
दाङ । जनआन्दोलन दिवसको अवसरमा नेपाली कांग्रेस दाङले रक्तदान कार्यक्रम गरेको छ । नेपाली कांग्रेस दाङको आयोजनामा,नेपाल विद्यार्थी संघको सहजीकरण र रक्त सञ्चार केन्द्र घोराहीको प्राविधिक सहयोगमा सोमवार घोराहीस्थीत पार्टी कार्यालयमा कार्यक्रमको आयोजना गरेर जनआन्दोलन दिवस मनाएको हो ।
नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको सभापतित्व तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेयको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि पाण्डेयले रक्तदानलाई सेवाको सबैभन्दा महत्वपूर्ण कार्य भएको बताए ।
त्यस्तै जनआन्दोलन दिवसलाई सम्मानसँगै कांग्रेसलाई सामाजिक कार्यमा जोड्नका लागि रक्तदानले महत्वपूर्ण भूमिका खेल्ने भन्दै प्रमुख अतिथि पाण्डेयले भने,‘अरूको जीवन बचाउन गरिने रक्तदान सबैभन्दा महान सेवा हो । यस्ता रचनात्मक कार्यलाई कांग्रेसले अगाडी बढाउँदै जनतासँग जोडिनुपर्छ ।’ उनले कांग्रेस दाङले प्रत्येक बर्ष जनआन्दोलन दिवसका अवसरमा कार्यक्रमको आयोजना गरेर कांग्रेसले समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्दै रचनात्मक सेवामा योगदान पुर्याउने कार्य गरेको बताएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ का सभापति भीमप्रकाश खड्का, नेपाली कांग्रेस दाङका प्रवक्ता गौरव आचार्य, नेविसंघका नेता गुरु गौतमलगायत ७० जनाले रक्तदान गरेको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य निरज गिरीले जानकारी दिएका छन् ।
नेपाली कांग्रेस दाङका सचिव बालिका लम्सालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण अर्का जिल्ला सचिव अर्जुन योगीले गरेका थिए ।
