Sidha Patra सोमबार, चैत्र २५, २०८१

काठमाडौँ । वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन भएको छ । उनको निधन गएराति बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा मुटु र फोक्सो सम्बन्धी रोगको उपचार गराइरहेका थिए ।

त्यस्तै उनको परिवारका अनुसार, उनको शव पाटन अस्पताललाई दान गरिएको छ र दाहसंस्कार गर्ने निर्णय गरिएको छैन । भैरव रिसालको जन्म १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो। उनले आफ्नो जीवनभर पत्रकारिता र समाजसेवामा महत्वपूर्ण योगदान दिए । उनले आफ्नो शव अध्ययनका लागि पाटन अस्पताललाई दिने निर्णय गरेको थियो, जुन उनको समाजसेवामा थप एक उदाहरण हो ।

यस्तै उनले २०१३ सालमा हालखबर दैनिकबाट पत्रकारिता क्षेत्रमा कदम राख्नुभयो। त्यसपछि २०५६ सालदेखि रेडियो सगरमाथामा कुरोकन्थो कार्यक्रम सञ्चालन गरे। साथै,उहिले बाजेका पालामा नामक रेडियो शृङ्खलासमेत लामो समयसम्म सञ्चालन गरेका थिए ।

त्यस्तै रिसाल वामपन्थी विचारधारामा विश्वास गर्थे र २०४८ सालको आमचुनावमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुरबाट उम्मेदवार बनेका थिए। उनले राष्ट्रिय समाचार समिति (रासस) मा प्रमुख समाचारदाताको जिम्मेवारी समेत निर्वाह गरेका थिए। तथ्याङ्क विभागमा कार्यरत रहँदा पनि उनले सामाजिक सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

यस्तै रिसालले मानव अधिकारसम्बन्धी, जगदम्बा श्री, र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कारहरू प्राप्त गरेका थिए। उनका कृतिहरूमा साधुलाई सुली (जेल डायरी), लोग्नेस्वास्नी, केही मित्रका चिठी, र भैरव दाइ रहेका छन् । उनले ९७औं जन्मदिनको अवसरमा भैरव रिसालका छानिएका रचना–२, बितेका कुरा, र अविश्रान्त भैरव नामक कृतिहरू सार्वजनिक गरेका थिए । भैरव रिसालको योगदान नेपाली पत्रकारिता र समाजसेवामा सधैं सम्झिन योग्य रहन्छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]