
Srbpu
pku
Lnp
cjs
Djs
Unsku
Pes
Sgr
Ggp
Rgp
Pbu
sbs
Rgp1
Gfs

Hal
Ksm
Wsp
Ssm
Rgu
Rgu
Rgs
Sls
nsb
Gst
Pvg
Bbbpu
Bbu
Sbs
Vor
Rsb
Asm
Ggd
Tsm

bbt
sab
Mks
Abd
Jmb
Gsb
Rmb
Rpp
Pls
Jmb
Syp
Ptm
Bml
(प्रिया स्मृती गजमेर) लमही
दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा गणतन्त्र व्यवस्थामार्फत लुटतन्त्र संस्थागत भएको आरोप लगाए ।
राप्रपा क्षेत्र नम्बर १ दाङले आइतबार लमहीमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै उनले अब परिवर्तनको पक्षमा उभिने बेला आएको उल्लेख गर्दै लिङ्देनले राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान सक्ने उदाहरण विश्वमा प्रसस्त रहेको बताए ।
त्यस्तै गणतन्त्रकाे नामा नेताहरुका आसेपासेले देशमा लुटतन्त्र मच्चाएको आरोप लगाउँदै अब नयाँ व्यवस्था आवश्यक रहेको बताएका छन् । उनले भने, `वर्तमान सत्ता जतिसुकै दिन चल्दा पनि जनताले दुःख पाउँदै जान्छन् ।´ उनले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) जति पटक प्रधानमन्त्री बने पनि देश नबदलिने दाबी गरे ।`२० ४६ सालदेखि अहिलेसम्म उहीँ नेता,उहीँ नेतृत्वले देशलाई कहाँ पुर्यायो ?´ लिङ्देनले प्रश्न गरे ।
यस्तै संसदमा एक नेताले झुटा विवरण सुनाएको र आफूले त्यसको प्रतिवाद गरेको उल्लेख गर्दै उनले देशमा उड्न नसक्ने हवाइजहाज किन्ने, र जहाज नबस्ने विमानस्थल बनाउने कार्यहरू कमिसनका लागि गरिएको आरोप पनि लगाए । `राजसंस्था ल्याउनु भनेको प्रजातन्त्र मास्ने भन्ने होइन । पार्टीको राजनीतिभन्दा माथि राजा हुन्छन् । कार्यकारी प्रधानमन्त्री जनताबाटै चुन्नुपर्छ । हामीले खोजेको यही व्यवस्था हो,´ उनले भने ।
त्यस्तै कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेस कुन कित्तामा उभिने हो भन्ने स्पष्ट गर्नुपर्ने बताएका छन् । बृहत आम सभालाई सम्बोधन गर्दै उनले कांग्रेसलाई राष्ट्रवादी कि आतंकवादी कुन कित्ता रोज्ने हो भनेर प्रश्न उठाए । `कांग्रेस कुन कित्तामा उभिने हो, कांग्रेसले क्लियर गरोस्,´ उनले भने-`देशमा राष्ट्रवादी र आतंकवादी दुई कित्ता छन् । कुन रोज्ने हो, कांग्रेसले रोजोस् ।´
यस्तै शाहीले कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई चुनौति पनि दिए । शान्तिपूर्ण आन्दोलनमा सहभागी भएको निहुँमा झुटा मुद्दा लगाउने प्रयास भए आफूहरू चुप नबस्ने चेतावनी दिए । `झुटा मुद्दा लगाए हामी चुप लाग्दैनौं । नभए ‘जेल भर अभियान’ चलाउँछौं,´ उनले भने ।
त्यस्तै उनले अब जनताले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री छान्न पाउनुपर्ने धारणा पनि राखे ।`प्रधानमन्त्रीलाई सबैले भोट हाल्ने व्यवस्था चाहिन्छ,´उनले भने । आन्दोलनलाई दवाउने कोसिस कसैले गरे ‘जेल भर अभियान’ चलाउने उद्घोष समेत शाहीले गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी दाङ क्षेत्र नम्बर १ का अध्यक्ष विनय बुढाथोकीको अध्यक्षता तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा दर्जनौ युवाहरु विभिन्न पार्टी छाडेर राप्रपामा प्रवेश समेत गरेका थिए ।

