Sidha Patra बिहिबार, चैत्र २१, २०८१

काठमाडौँ । सिरहामा सामाजिक सञ्जालको दुरुपयोग गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

त्यस्तै प्रहरीको साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले सिरहाको धनगढीमाई नगरपालिका-७ गोलबजार स्थायी घर भई सिनामंगल डेरा गरी बस्ने २७ वर्षीय राम बिहारी साफीलाई पक्राउ गरेको हो ।

साफीले प्रेम सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जालमार्फत केटी साथीलाई अन्तरङ्ग तस्बिर र भिडियो पोस्ट गरिदिएको, पीडितका आफन्तलाई धम्क्याएको र दुख हैरानी दिएको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै साफीलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएको समेत प्रहरीले जनाएको छ । बुधवार पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौँको आदेशले चार दिन म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]