Sidha Patra बिहिबार, चैत्र २१, २०८१

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीको विभिन्न पोस्टबाट खटिएको प्रहरी टोलीले अवैध लागू औषध सहित चार जनालाई पक्राउ गरेको छ ।

बुधबार अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिगएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका ४ बसपार्क स्थित करन सिंह कुमालले सञ्चालन गरेको चन्द्रदीप बोग्टान होटलमा शंकास्पद रूपमा बसिरहेको अवस्थामा जिल्ला अछाम मंगलसेन नगरपालिका ५ बस्ने वर्ष १७ को भुवन आउजी र वर्ष १८ को डम्बर आउजीलाई शंका लागि चेकजाँच गर्दा निजहरूको साथबाट १ ग्राम २४० मिलिग्राम लागु औषध (खैरो हिरोइन) पक्राउ गरिएको हो ।

त्यस्तै धनगढी उपमहानगरपालिका ६ जंगल रिसोर्ट नजिक वडा प्रहरी कार्यालय धनगढीबाट खटिगएको प्रहरी टोली र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिगएको संयुक्त प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जंगल रिसोर्ट बस्ने वर्ष २६ का आशाराम चौधरी र वर्ष २९ को दिल बहादुर चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजहरूको साथबाट १ ग्राम २२० मिलिग्राम लागु औषध (खैरो हिरोइन)सहित पक्राउ गरिएको छ ।

यस्तै उनीहरुलाई आवश्यक कारबाहीको लागि हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । रातोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]