
Pbu
Sgr
Rgp1
cjs
Pes
Ggp
Djs
sbs
Lnp
Rgp
Srbpu
Unsku
Gfs
pku

Rgu
Rgs
Wsp
Pvg
Gst
Sbs
Rsb
Rgu
Ssm
Sls
Ksm
Bbu
Vor
Asm
Ggd
Bbbpu
Hal
nsb
Tsm

Abd
Pls
Syp
Jmb
Mks
sab
Gsb
Rmb
Bml
Jmb
Rpp
bbt
Ptm
दाङ । अखिल नेपाल महिला संघ क्रान्तिकारी गढवा गाउँपालिकाको तेस्रो पालिका सम्मेलन शनिबार गढवा-४ गंगाप्रसपुरमा सम्पन्न भएको छ ।
अखिल नेपाल महिला संघ क्रान्तिकारी गढवाकी अध्यक्ष ओभा रावतको अध्यक्षता तथा नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य तथा दाङ जिल्ला इन्चार्ज पुनम शेर्पालीको प्रमुख अतिथ्य तथा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी जिल्ला समन्वय समितिका दाङकी अध्यक्ष दिलकुमारी बुढा मगरको विशिष्ट अतिथ्यमा तेस्रो पालिका सम्मेलन सम्पन्न भएको हो।
सम्पन्न तेस्रो पालिका सम्मेलनले पाँच सदस्य थप हुनेगरी ३५ सदस्य गाउँपालिका कमिटी गठन गर्दै सम्पन्न भएको छ । सम्पन्न तेस्रो पालिका सम्मेलनले शोभा राउत क्षेत्रीको अध्यक्षतामा ३५ सदस्य नेपाल महिला संघ (क्रान्तिकारी) गढवा गाउँपालिका कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा रम्भा चौधरी, सचिवमा चन्द्रा केसी, सह-सचिवमा पुष्पा घर्ती मगर, कोषाध्यक्षमा रुपा गिरी, सदस्यहरुमा मञ्जु पुन मगर , कौशिला बिक, प्रमिला नेपाली, गंगा घर्ती, सीता बुढा, कल्पना रावत, सपना राना, भावना योगी, बिमला चौधरी, सीता कुमारी चौधरी, रमा परियार, फिरति चौधरी, रामकली बुढा लगायत रहेका छन् ।
यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य तथा दाङ जिल्ला इन्चार्ज पुनम शेर्पालीले दलाल पूँजीवाद सरकार रहँदासम्म महिला मुक्ति सम्भव नभएकोले महिलाहरू पनि वैज्ञानिक समाजवाद ल्याउने क्रान्तिमा सामेल हुनुपर्ने बताए । महिला हक अधिकारको क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी माओवादी बाहेकको पार्टीले केही गर्न नसकिने भन्दै माओवादी प्रति महिलाहरू लामबद्ध भएर लाग्न सुझाव पनि दिए । प्रमुख अतिथि शेर्पालीले जनयुद्धमा नेपाली महिलाले गरेको ठूलो त्याग र बलिदानका कारण संविधानमा धेरै हक अधिकार स्थापित भएको बताए ।
त्यसैगरी कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तथा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी जिल्ला समन्वय समितिका दाङकी अध्यक्ष दिलकुमारी बुढा मगरले गणतन्त्र संस्थागत गर्नमा महिलाहरूको ठूलो योगदान रहेको बताए । जनयुद्ध कालमा दुई महिने बच्चा छाडेर जनयुद्धमा होमिनु चान्चुने कुरा नभएको बताउँदै विशिष्ट अतिथि बुढा मगरले अन्य पार्टीको हकमा नेकपा कम्युनिस्ट पार्टी माओवादी केन्द्रले महिलाको हक अधिकारका लागि निरन्तर लडिरहने पार्टी भएको स्पष्ट पारे । जनयुद्ध जस्तै अबको समाजवादी क्रान्तिमा समेत महिला शक्ति अग्रणी मोर्चामा उभिनुको विकल्प नभएको भन्दै सबै महिलाहरू एकजुट हुन सुझाव समेत दिए ।
कार्यक्रममा तीन नम्बर वडाका निर्वाचित वडाध्यक्ष तुलसीराम अधिकारी, ४ नम्बर वडाध्यक्ष हरिभगत चौधरी, गया प्रसाद यादव लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र गढवा गाउँपालिका उपाध्यक्ष रमा चौधरी, त्यसैगरी गया प्रसाद यादव, गढवा गाउँपालिका वडा नम्बर ३ का निर्वाचित वडा अध्यक्ष तुलसीराम अधिकारी, ४ नम्बर वडाध्यक्ष हरि भगत चौधरी, ३ नम्बर वडा कमिटी अध्यक्ष आशाराम चौधरी, निर्वाचित वडा सदस्य बिमल चौधरी, पर्मिला नेपाली, कौशिला बिक, जगमती यादव, नीमा परियार र विभिन्न वडाबाट सहभागी महिलाहरूको उपस्थिति रहेको थियो। रम्भा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण चन्द्रा केसीले गरेकि थिइन् ।

