
Djs
Rgp1
pku
Pbu
cjs
Ggp
Lnp
Sgr
Gfs
Srbpu
Unsku
sbs
Rgp
Pes

Rgu
Asm
Rsb
Bbu
Ggd
Sls
Rgu
Gst
Ksm
Pvg
Vor
Wsp
Bbbpu
nsb
Tsm
Ssm
Sbs
Rgs
Hal

Rmb
Gsb
Mks
Bml
sab
Jmb
Abd
Rpp
bbt
Pls
Jmb
Ptm
Syp
काठमाडौं । सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको छ ।
शनिबार आज बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई २४ घण्टे अल्टिमेटम माग गरेका हुन् । मिश्र र राणालाई रिहा नगरे राप्रपाले देशभर विरोधका कार्यक्रम गर्ने र त्यसलाई आन्दोलनको रूपमा उठाएर लैजाने निर्णय भएको उनले जानकारी दिए ।
तीनकुने केन्द्रित राजावादीको प्रदर्शन हिंसात्मक बन्नुमा सरकारकै दोष रहेको बैठकले निष्कर्ष निकालेको छ । बैठकमा बोल्ने नेताहरूले रवीन्द्र मिश्र र धवलशमशेर प्रति सहानुभूति प्रकट गरेको एक नेताले अनलाइनखबरलाई जानकारी दिए । ‘दुई साथीहरु प्रहरीको नियन्त्रणमा छन्। उनीहरूप्रति बैठकमा आवेग देखिएन,’ बैठकमा सहभागी एक नेताले भने, ‘छुटाउन बल गरौं भन्ने धेरैको भनाइ थियाे ।’
त्यस्तै यदी उनीहरू पक्राउ नपरेको भए पर्याप्त प्रश्नहरू उठ्ने पनि ती नेताले जानकारी दिए । उनका अनुसार राजसंस्थाको लागि गरिने आन्दोलनको ग्रिप राप्रपाबाट फुत्किएको नेताहरूको निष्कर्ष छ । बैठकले तीनकुनेको घटनामा ज्यान गुमाएका दुई जनालाई शहीद घोषणा गर्न माग गरेको छ । ‘हिजोको घटनामा ज्यान गुमाएका दुवै जनालाई शहिद घोषणा गर्न सरकारसँग माग गरेका छौं,’ निर्णय सार्वजनिक गर्दै लिङ्देनले भने । शुक्रबारको घटनामा कीर्तिपुर निवासी २९ वर्षीय सविन महर्जन र एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।
बैठकले तीनकुनेमा शुक्रबार भएको घटनाको पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने निष्कर्ष निकालेको छ । बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै लिङ्देनले आन्दोलनको कार्यक्रम भड्किनुमा सरकार आफैं दोषी रहेको जिकिर गरे । ‘हिजो जे घटना भयो । त्यसमा सरकारको संलग्नता थियो,’ लिङ्देनले भनेका छन्, ‘सरकार दमन गर्ने योजनाको साथ परिचालित भएको थियो,’ उनले भने ।
