
Ssbus
tssbus
Gsl
ssbus
Ssbus
Ssbus
Sssbus1
Pbu
Sssbus1
nsm

Sbs
Rgs
Rgu
Asm
Rsb
Vor
Ggd
Bbu
Ksm
Tsm
Gst
Pvg
Sls
Bbbpu
Hal
Ssm
Wsp
nsb
Rgu

bbt
Rpp
Syp
Ptm
Rmb
Bml
Gsb
Mks
Abd
Jmb
Jmb
sab
Pls
काठमाडाैं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र काटेको छ ।
शुक्रबार उनको समर्थनमा काठमाडौं महानगरपालिका क्षेत्रभित्रका तीनकुने-कोटेश्वर क्षेत्रमा विध्वंस मच्चाएपछि महानगरले ज्ञानेन्द्रलाई सात लाख ९३ हजार रूपैयाँ जरिवानाको पत्र काटेको हो ।
त्यस्तै उनको समर्थनमा उनकै निर्देशनमा भएको प्रदर्शनले महानगरको क्षेत्राधिकारभित्रका सार्वजनिक सम्पत्तिमा तोडफोड र फोहोरमैला गरेको भन्दै महानगरले जरिवाना तिराउन लागेको हो । ज्ञानेन्द्रका समर्थकले लगाएको आगो निभाउन पुगेको महानगरको दमकलमा समेत उनीहरूले तोडफोड गरेका थिए । यस्तै, आइल्यान्ड र रेलिङहरूमा समेत तोडफोड र क्षति गरेका थिए ।
यस्तै समग्र क्षतिको मूल्याकंन सरकारको छानबिन समितिले गर्ने भएपनि महानगरले आफ्नो क्षेत्राधिकारभत्रिको काम गरेको मेयर बालेन शाहको सचिवालयले जनाएको छ । यसअघि महानगरपालिकाले शनिबार बिहान शहरी योजना आयोग, शहरी व्यवस्थापन विभाग, महानगर प्रहरी बलसहितको टोली बनाएर अध्ययन गरेको थियो । अध्ययन टोलीको प्रतिवेदनका आधारमा मेयर शाहले जरिवानाको निर्णय गरेका हुन् ।
त्यस्तै यसअघि फागुन २५ गते ज्ञानेन्द्रको स्वागतमा सिनामंगल-गौशाला क्षेत्रमा फोहोर गरेको भन्दै महानगरले राप्रपालाई एक लाख रूपैयाँ जरिवाना तिराएको थियो ।
