
Rksr-7
Gsbg-3
Gsbr-6
Msbg-2
Usbl-7
Jsbg-7
Jsbr-3
Csbg-7
ksbl-7
Pbu


काठमाडौँ । इलाममा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
सो आरोपमा इलाम नगरपालिका वडा नम्बर–४ बरबोटे बस्ने २२ वर्षीय दिपेश नेपालीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । दीपेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोस्ट बिब्ल्याटेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै बर्दियामा पनि १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका–१० लालपुर बस्ने ३५ वर्षीय वसन्त थारु पक्राउ परेका छन् । उनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
यस्तै वसन्तले ती बालिकालाई सोही नगरपालिका –१० कोठियाघाटस्थित गेरूवा कर्णाली नदीको किनारमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
