
Gsbg-3
Rksr-7
Jsbg-7
Msbg-2
Jsbr-3
ksbl-7
Pbu
Gsbr-6
Csbg-7
Usbl-7


काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएपछि कुलमान घिसिङले सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको छ ।
घिसिङले बुधबार नै पेस गरेको रिट बिहीबार दर्ता गर्दै सर्वोच्चले आजका लागि पेसी तोकेको अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए । रिटमा उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय,ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालय,ऊर्जामन्त्री दीपक खड्का,नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाएका छन् ।
त्यस्तै उनले रिटमा आफूलाई हटाउने निर्णय बद्नियतपूर्ण र गैरकानुनी दाबी गरेका छन् । सरकारको उक्त निर्णय कार्यान्वयनमा तत्काल रोक लगाई आफूलाई काम गर्न दिने अन्तरिम आदेश उनले माग गरेका छन् । सोमबारको मन्त्रिपरिषद बैठकले उनलाई कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेर शाक्यलाई नियुक्त गरेको थियो । कुलमानको यो दोस्रो काल हो । चार वर्षको कार्यकालमा चार महिना समय बाँकी थियो ।
यस्तै शाक्यले पदभार ग्रहण गरिसकेका छन्। शाक्य नियुक्त भएसँगै सञ्चालक समितिको बैठक बसिसकेको छ। बैठकले दुरगामी निर्णय समेत गरिसकेको छ ।
