Sidha Patra बुधबार, चैत्र १३, २०८१

कैलाली । प्रहरीले अवैध लागुऔषधसहित मंगलबार ५ जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती र लागु औषध ब्युरो शाखा कार्यालय धनगढीबाट खटिगएको संयुक्त प्रहरी टोलीले विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

त्यस्तै गोदावरी नगरपालिका वडा नम्बर-८ स्याउले स्कुलटोल बस्ने वर्ष २५ को सुनिल बमको घरकोठामा खानतलासी गर्दा निज सुत्ने कोठाको सिरानी भित्र लुकाई(छिपाई राखेको अवस्थामा २ ग्राम ८० मिलिग्राम र सोही स्थान बस्ने वर्ष २१ को प्रकाश भुललाई खानतलासी गर्दा निजको साथबाट २०० मिलिग्राम लागु औषध (खैरो हिरोइन) फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै टीकापुर नगरपालिका वडा नम्बर-९ खक्रौला स्थित चेक पोस्टमा प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको चालक टीकापुर नगरपालिका वडा नम्बर-७ नारायणपुर बस्ने वर्ष २४ को अरुण श्रीवास्तवले चलाएको से ६ प ६५९१ नम्बरको स्कुटरमा पछाडि सवार रहेका वर्ष २२ को सञ्जय विष्टलाई रोकी निजहरूको शरीर तथा स्कुटरको खानतलासी गर्दा स्कुटर चालक अरुण श्रीवास्तवले लगाएको हेल्मेट भित्र लुकाई छिपाई राखेको अवस्थामा १ ग्राम ७९० मिलिग्राम लागु औषध (खैरो हेरोइन) फेला परेको प्रहरीको भनाइ छ ।

त्यस्तै अस्थायी प्रहरी पोष्ट शान्तिनगरबाट खटिगको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप- महानगरपालिका वडा नम्बर -१ वसन्त टोल बस्ने वर्ष २६ बिरेन्द्र चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ५० मिलिग्राम लागु औषध (खैरो हेरोइन) गरी जम्मा ४ ग्राम १२० मिलिग्राम लागु औषध (खैरो हेरोइन) फेलापारी बरामद गरी निजहरु पाँचै जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]