Sidha Patra मंगलबार, चैत्र १२, २०८१

काठमाडौँ । यातायात कार्यालय विराटनगरमा बिचौलियाको काम गरेको आरोपमा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार दिउँसो मोरङको विराटनगर महानगरपालिका वडा नम्बर –४ खार्जी स्थित यातायात कार्यालय अगाडिबाट यातायात कार्यालय विराटनगरमा बिचौलियाको रूपमा काम गरी सर्वसाधारणलाई प्रलोभनमा पारी अनुचित लाभ जनगुनासो आएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक सरोज खनालको कमाण्डमा एक प्रहरी टोली सो क्षेत्रमा खटिएको थियो । प्रहरी टोलीले १२ जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको र थप अनुसन्धान गरिरहेको बताएको छ ।

त्यस्तै पक्राउ पर्नेहरूमा विराटनगर–३ बस्ने सञ्जीव कोइराला, राजेश खड्का, गौरव कुमार माझी, राजु कोइराला, दुहबी नगरपालिकाका युवराज लम्साल, विराटनगर–५ बस्ने अनिल बस्नेत, विराटनगर ४ बस्ने राजीव मण्डल, सुनसरीको बर्जु गाउँपालिका बस्ने प्रवीण कुमार थन्दार, कटहरी गाउँपालिका–१ बस्ने भागवत राजवंशी,बुढिगंगा गाउँपालिका–२ बस्ने उदय कार्की,बुढिगंगा –१ बस्ने सुनिल दाहाल र विराटनगर–३ बस्ने अजय कुमार मण्डल रहेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]