
Pbu
Rgp1
Djs
Lnp
Srbpu
pku
cjs
Rgp
Gfs
Unsku
Sgr
Ggp
sbs
Pes

Rgu
Ksm
Hal
Wsp
Sls
Pvg
Bbbpu
Bbu
nsb
Tsm
Gst
Rsb
Vor
Ggd
Rgu
Rgs
Sbs
Ssm
Asm

Gsb
bbt
Rpp
Pls
Bml
Syp
Jmb
Mks
sab
Ptm
Jmb
Abd
Rmb
काठमाडौँ । विपक्षी चारदलीय समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा आयोजित विरोध प्रदर्शनमा एक लाख कार्यकर्ता तथा समर्थक आउने दाबी गरिएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र गरेकाले त्यसविरुद्ध बागमती प्रदेश तथा आसपासका जिल्लाबाट कार्यकर्ता तथा समर्थक उतार्न लागिएको मोर्चाको भनाइ रहेको छ । मोर्चाका सदस्य तथा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महिन्द्रराय यादवले आ–आफ्नै दलले जुलुस निकाल्ने र एक ठाउँमा आएर मिसिने गरी भागबन्डा गरिएको जानकारी दिए ।
त्यस्तै यादवका अनुसार कुन दलले कुन क्षेत्रको नेतृत्व गर्ने विषयमा मंगलबार बस्ने सचिवालय बैठकले निर्णय गर्नेछ । ‘विरोध सभामा एक लाख मानिस काठमाडौँ आउने अनुमान गरेका छौँ । दलीय हिसाबले आ–आफ्नै हिसाबले जुलुसको नेतृत्व गर्नुहुन्छ । प्रतिगमनविरुद्धको लडाइँ भएकाले विशेषगरी बागमती प्रदेश र त्यस आसपासबाट कार्यकर्ता र समर्थक आउनुहुन्छ । त्यसबाहेक अन्य प्रदेशको हकमा आफूखुसी विरोध प्रदर्शनमा भाग लिनेछन्’, उनले सोमबार रातोपाटीसँग भने ।
यस्तै अर्का एक नेताका अनुसार मोटामोटी चार दलीय क्षमता अनुसार नेकपा माओवादी केन्द्रले ५० हजार, नेकपा एकीकृत समाजवादी पार्टीले २५ हजार, नेपाल कम्युनिस्ट पार्टीले १५ हजार र नेपाल समाजवादी पार्टीले १० हजार मानिस उतार्ने भाग परेको छ । फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्रले देश बचाउन आफूलाई साथ दिन आह्वान गरेपछि नेपालको राजनीति तरङ्गित भएको छ ।
त्यस्तै सोहीअनुसार राजावादीहरूले फागुन २५ गते पोखराबाट फर्किँदा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरी निजी निवास निर्मल निवाससम्म पुर्याएका थिए ।
