
Sgr
Rgp1
Pbu
Unsku
Gfs
Srbpu
Pes
Lnp
cjs
pku
Ggp
Djs
Rgp
sbs

Bbbpu
Rgu
Vor
Hal
Wsp
Sbs
Bbu
Ksm
Asm
Rgu
nsb
Ssm
Rsb
Pvg
Sls
Rgs
Gst
Ggd
Tsm

Mks
Ptm
Syp
Bml
Abd
Pls
Gsb
Rmb
Rpp
Jmb
sab
Jmb
bbt
काठमाडौँ । जसपा नेपालका संयुक्त अरब इमिरेट्स (यूएई) इन्चार्ज पासाङ शेर्पा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
दुबईमा आयोजित एक कार्यक्रमका बिच उनी माओवादीमा प्रवेश गरेको नेकपा माओवादी केन्द्र एसिया प्रदेश कमिटीका अध्यक्ष शनिकुमार ओलीले जानकारी दिए ।
त्यस्तै अन्तर्राष्ट्रिय आदिवासी जनजाति महासंघका अध्यक्ष एवं ग्लोवल एनआरएनएका अध्यक्ष पासाङ शेर्पालाई स्वागत गर्न आयोजित कार्यक्रममा नेपाली जनप्रगतिशील मन्च, युएईका अध्यक्ष लक्ष्मण खनाललगायतको सहभागिता रहेको थियो ।
यसैबीच एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसीसी) यूएईको एकता अधिवेशन गर्नेथरी समझदारी बनेको छ । उच्चस्तरीय समितिका संयोजक शेष घलेको प्रमुख आतिथ्यतामा दुबईमा भएको अन्तरक्रिया कार्यक्रममा जुलाई २० मा एकताको अधिवेशन गर्नेगरी समझदारी बनेको एनसीसी समन्वयन समितिका संयोजक विनोद कुँवरले जानकारी दिए ।
यस्तै दुबईको कार्यक्रममा विकास शाही नेतृत्वको एनआरएनए र पासाङ शेर्पा नेतृत्वको एनआरएनए यूएईको सहभागिता थियो । शाही र शेर्पा दुबै जनाको सहभागिता रहेको कार्यक्रमबाट एकताको अधिवेशनमा जानेगरी समझदारी भएको कुँवरको भनाइ छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि घलेले सर्वोच्चको परमादेश र समितिले गराउनुपर्ने एकताको महाधिवेशनैपर्ने बाध्यताका सन्दर्भमा आफ्नो धारणा राखेका थिए । उनले सबै एनसीसीहरुलाई एकताको महाधिवेशनमा सहभागिताको आह्वान गर्दै यूएईको साथ र सहयोगका लागि आभार प्रकट गरे । उनले मार्च ३१ सम्म सदस्यता खुला गरिएको जानकारी गराउँदै सो बीचमा एनसीसीहरुको सक्रिय सहभागिताका साथ डेलिडेट्स दर्ताका लागि आग्रह समेत गरे । आफू एकताको महाधिवेशनकै लागि विश्व दौडामा रहेको बताउँदै विश्वभरका एनआरएनएहरुले देखाएको साथ र सहयोगका लागि आभार प्रकट गरे ।
यस्तै समितिका सदस्य तथा एनसीसी समन्वय समितिका संयोजक विनोद कुँवरले एनसीसीहरुमा एकताको माहोल बनेको आफूले पाएको भन्दै सर्वोच्चको परमादेश मान्नुको विकल्प नभएको बताए । उनले एकताको आफ्नो एजेण्डा दुबईमा पुष्टि भएको भन्दै खुसी प्रकट समेत गरे । समितिकी सदस्य जानकी गुरुङ, अभियन्ताहरु आरके शर्मा, केशव पौडेलसहितले एकताको महाधिवेशनको पक्षमा आफ्नो धारणा राखेका थिए । विकास शाहीले उच्चस्तरीय समितिलाई सहयोग गर्न सदस्यता आजैका मितिदेखि खुला गरेर बढीभन्दा बढी सदस्य बनाउन भूमिका खेल्ने बताए । पासाङले पनि सोही प्रतिबद्धता जनाउँदै एकताको विकल्प नभएको बताए ।
सो कार्यक्रममा पूर्वमन्त्री सुनिल थापाको समेत सहभागिता रहेको थियो । यस्तै अभियन्ता शनिकुमार ओली, यूएईमा कार्यरत विभिन्न दल निकट भात्रृ संगठनका नेताहरु, सामाजिक संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । रातोपाटी
