
sbs
Rmb
Pes
Pbu
Sgr
Djs
cjs
Rgp
Rgp
Gis
pku
Srbpu
Cps
Rgp1
Sds
Unsku
Lnp
Gfs
Ggp

Hal
Tsm
Sbs
Rgu
Ssm
Vor
Rgs
Bbu
Bbbpu
Rsb
Pvg
nsb
Asm
Gst
Ggd
Ksm
Sls
Rgu
Wsp

Bml
Jmb
bbt
Ptm
Abd
Mks
Pls
Rmb
Syp
Rpp
Gsb
sab
Jmb
दाङ । विश्व सिमसार दिवसको अवसरमा नेपाल पंछी संरक्षण संघ लाजिम्पाट काठमाडौंको आयोजना र राप्ती गाउँपालिका मसुरिया दाङको अनुदान सहयोगमा “चरा बचाऔं वातावरण जोगाऔं” चरा संरक्षणका लागि सरोकारवाला निकायहरूको भूमिका विषयक एक दिने गोष्ठी मसुरियमा सम्पन्न भएको छ ।
कालिका सामुदायिक वन उपभोक्ता समिति राप्ती २ लालमटियाका अध्यक्ष भिमकान्त भुसालको अध्यक्षता सम्पन्न गोष्ठीको प्रमुख अतिथि तथा राप्ती गाउँपालिकाका अध्यक्ष नुमा नन्द सुवेदीले प्रकृतिका गहना विभिन्न प्रजातिका चरा चुरुङ्गी, वन्यजन्तुहरू को बासस्थान संरक्षण र पर्यावरण संरक्षणमा सामुदायिक वन समूहहरूको उललेखनीय भूमिका रहेको कुरा बताउनु भयो।
त्यस्तै गोष्ठी कार्यक्रममा बिशिष्ट अतिथि तथा राप्ती गाउँपालिकाका उपाध्यक्ष जगदम्बा कुमारी चौधरी,गाउँपालिकाका निमित्त प्रशासन प्रमुख महेश अधिकारी,सामुदायिक वन महासंघ राप्ती गाउँपालिकाका अध्यक्ष हरी भुसाल, सव डिभिजन वन कार्यालय मसुरियाका रेन्जर कमल रावल, राप्ती गाउँपालिका शिक्षा शाखा प्रमुख विश्वास विश्वकर्मा लगायतले प्रकृतिका गहना, चराचुरूङ्गी, वन्यजन्तु लगायत मानवजाति तथा प्राणी जगतलाई प्राण दिने सिमसार क्षेत्र संरक्षणमा राज्यस्तार र समुदाय स्तरबाट सबैको भूमिका अहम् हुने कुरा बताउनु भयो।
यसैगरी गोष्ठीमा नेपाल पंछी संरक्षण संघ लाजिम्पाट काठमाडौंका फिल्ड अधिकृत भूपाल नेपालीको स्वागत तथा विषय परिवेश गरी शुरु भएको गोष्ठीको सहजीकरण सहजकर्ता भु – तथा पर्यावरण संरक्षण अभियान नेपालका केन्द्रीय सदस्य तथा वरिष्ट पत्रकार महेश रिजालको सञ्चालनमा सम्पन्न कार्यक्रममा राम जहदी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हरी भुसाल,चिसापानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष केयर सिंह तारण लगायतले जिज्ञासा राख्नु भएको थियो ।
त्यस्तै सोही गोष्ठीमा हाउसबाट सहभागीहरूद्वारा राखिएको जिज्ञासाहरुको टिपोट युवा पत्रकार सन्तोष कुमार गुप्ताले गर्नु भएको थियो भने सो गोष्ठी को स्पष्टीकरण फिल्ड अधिकृत नेपालीले दिनु भएको थियो ।
