
Lks
Asb
Lnp
Dus
Rgp
ksb
Usb
Ggp
Rgp
lnp
Pbu
Ggp
Jns
Dbs
Rgp
Rgp
Sgp


कञ्चनपुर । कञ्चनपुरमा खैरो हेरोइन लागुऔषध सहित एक युवक र युवती पक्राउ परेका छन् ।
लागूऔषध कारोवार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा भीमदत्त नगरपालिका वडा नम्बर –३ भासी जनज्योती टोलकी २७ वर्षीया युवती निलम अवस्थीको घरमा खानतलासी गर्दा शुन्य दशमलव ४९ ग्राम खैरो हेरोइन लागुऔषध फेला पारी उलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
त्यस्तै अवस्थीसँगै रहेका भीमदत्त नगरपालिका–१५ बस्ने २८ वर्षीय अरुण चन्दलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
