
Pbu
Sgr
Rgp1
cjs
pku
Pes
Lnp
Rgp
sbs
Gfs
Unsku
Srbpu
Djs
Ggp

Rgu
Ggd
Bbu
Gst
Tsm
Ksm
Bbbpu
Ssm
nsb
Pvg
Sls
Sbs
Rgs
Hal
Asm
Rsb
Rgu
Vor
Wsp

Syp
Ptm
bbt
Gsb
Mks
sab
Bml
Pls
Jmb
Rmb
Jmb
Abd
Rpp
दाङ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य योगेन्द्र चौधरीले जातको नाम बेचेर नेता बन्ने भ्रमबाट मुक्त हुन आग्रह गरेका छन् ।
आइतबार नेपाली काङ्ग्रेस गढवा गाउँपालिकाले आयोजना गरेको तेस्रो गाउँपालिका सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य चौधरीले जात र पहिचानको नाममा राजनीतिमा उन्माद सिर्जना गरेर व्यक्तिगत फाइदा लिने र समाजलाई विभाजित गर्ने प्रवृत्तिबाट टाढा रहन आग्रह गरेका छन् ।
संविधान सभा सदस्य समेत रहेका चौधरीले सबैलाई साझा राष्ट्रिय हित र समावेशी लोकतन्त्रको पक्षमा एकजुट हुन र व्यक्तित्व, क्षमता र विचारलाई आधार बनाएर राजनीति गर्नुपर्ने सन्देश दिएका छन् । जातीय विभाजनको राजनीति दीर्घकालीन रूपमा समाजका लागि हानिकारक हुने भन्दै उनले सचेत रहन सबैलाई अपिल गरे ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य चौधरीले कांग्रेसलाई अझ मजबुत र जनमुखी बनाउन सबै तहका कार्यकर्ता,नेता तथा समर्थकको एकजुट सहयोग आवश्यक रहेको बताएका छन् ।
त्यस्तै उनले पार्टीलाई संगठनात्मक रूपमा बलियो बनाउन र लोकतान्त्रिक मूल्य मान्यताहरूलाई संस्थागत गर्न सबैले इमान्दारीपूर्वक योगदान दिनुपर्ने आवश्यकता औंल्याका छन् । चौधरीले नेपाली काङ्ग्रेसको सुदृढीकरणले मात्र मुलुकमा स्थायित्व, समावेशीता र समृद्धिको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे ।
नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले नेता कार्यकर्ता मिल्नु पर्छ, काङ्ग्रेस बलियो बनाउन पर्छ भन्दै हिड्ने तर नतिजा शून्य किन आउँछ यो बारेमा गम्भीर बन्न आग्रह गरे । क्रियाशिल सदस्यतालाई समयमै नविकरण गर्नु पर्छ, काङ्ग्रेसले देशको नेतृत्व गर्दा धेरै विकास भएका छन्, रोजगारी सिर्जना भएका छन्, जनताले बोल्न पाएका छन् यी कुराहरुलाई स्मरण गर्नु पर्छ । काङ्ग्रेसले केही गरेन भन्ने भाष्य प्रयोग गर्न नहुने सभापति पुनको भनाई रहेको छ ।
सम्मेलनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक पदमा चौधरीलाई सम्मान गरिएको छ । खेलकुद क्षेत्रमा अतुलनिय योगदान रहेको भन्दै नेपाली काङ्ग्रेस गढवा गाउँपालिकाको तेस्रो सम्मेलनमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरी र नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले दोसल्ला ओढाएर चौधरीलाई सम्मान गरेका हुन् ।
नेपाली काङ्ग्रेस दाङका सभापति शंकर डाँगी, नेपाली काङ्ग्रेस दाङका सचिव अर्जुन कुमार योगी, नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डे, महासमिति सदस्य जानकीलाल बस्नेत, नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश क का सभापति श्रीपत चौधरी, ख का सभापति दिनेश गिरी, १ का पुर्व क्षेत्रीय सभापति वासुदेव जंगली, महाधिवेशन प्रतिनिधि अनुराग यादव,वडा नम्बर ५ का सभापति देवराज कवँर लगायतले शुभकामना राखेका थिए ।
गढवा गाउँपालिका सभापति किरण पौडेलको सभापतित्व तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सचिव पूर्ण प्रसाद चौधरीले कार्यक्रमको संचालन गरेका थिए । 

