
sbs
Pes
Lnp
Srbpu
Djs
cjs
Sgr
pku
Rgp
Rgp1
Pbu
Ggp
Gfs
Unsku

Gst
nsb
Rgu
Wsp
Bbu
Bbbpu
Vor
Rgs
Ksm
Tsm
Asm
Sbs
Rsb
Ggd
Rgu
Ssm
Pvg
Hal
Sls

Bml
Jmb
Rpp
Ptm
Abd
Gsb
sab
Rmb
Pls
Mks
Syp
bbt
Jmb
दाङ । राष्ट्रिय जनमोर्चा दाङको आयोजनामा संघीयताका बिरुद्ध आम नागरिकहरुमा जागरण पैदा गर्न भनी बिहिवार आज देउखुरी उपत्यका ब्यापी मोटरसाईकील र्याली र कोणसभा सम्पन्न गरिएको जिल्ला अध्यक्ष गणेश आचार्यले जानकारी दिएका छन् ।
राष्ट्रिय जनमोर्चा केन्द्रिय समितिको आयोजनामा यहीँ चैत्र २४ देखि ३० गतेसम्म सञ्चालन गरिने काठमाडौ राजधानी केन्द्रित आन्दोलनलाई सफल पार्न पूर्व तयारी स्वरुपः देशका सबै जिल्लाहरुमा जिल्ला ब्यापी मोटरसाईकिल र्याली र कोणसभाहरु सम्पन्न गर्न थालिएको अध्यक्ष आचार्यले जानकारी दिए ।
कार्यक्रम अन्तर्गत देउखुरीको रिहारबाट लमही, सिसहनिया, भालुवाङ्, कालाकाटे, गढवा हुँदै महदेवामा पुगेर कार्यक्रमको समापन गरिएको राजमो दाङले जनाएको छ । सोही अनुरुप लमही, र भालुवाङमा जिल्ला अध्यक्ष गणेश आचार्यले संबोधन गरेका थिए भने सिसहनीयामा भएको कोणसभालाई पार्टीका नेताहरु रमेश गुरुङ र माधव आचार्य, कालाकाटेमा भएको काणसभामा पार्टीका जिल्ला सचिव बसन्त पौडेल र जिल्ला सदस्य टुकमान कँवर, गढवामा गणेश आचार्य, लेखराज आचार्य र दिनमणि आचार्य तथा महदेवामा युवक संघका पूर्व केन्द्रिय अध्यक्ष काँसीनाथ पोख्रेल र नवराज शर्माले संबोधन गरेका थिए ।
त्यस्तै कार्यक्रममा प्रदेश सरकारहरुले राज्यकोषबाट खर्बौ खर्च गरिरहेकोले प्रदेश सरकार अनावश्यक खर्चको केन्द्र भएको भन्दै देश संघीयताका कारण डुबेको टिप्पणि गरिएको छ । नेपालका सातवटै प्रदेश सरकारहरु खारेज गर्ने हो भने आम नेपाली नागरिकहरुलाई स्वास्थ्य उपचारका लागि सुविधा सम्पन्न हस्पिटलहरु संचालन गरेर निःशुल्क उपचाार गर्न सकिने खर्च बचत हुने जिल्ला अध्यक्ष आचार्यले बताए ।
संघीयताले देशको अर्थतन्त्र निकै कमजोर बनायो, देश आर्थिक रुपमा डुब्यो,देशलाई समृद्ध बनाउन संघीयता खारेज गर्नै पर्छ,देश डुब्यो जिल्ला अध्यक्ष आचार्यले बताए । संघीयता जातिय स्वायत्तताका नाममा भित्राईयो,अहिले संघीस्यता ल्याउन वकालत गर्नेहरु पनि पछुताएका छन्–आचार्यले भने । कम्युनिष्टहरुले जातिय नारा होईन बर्गिय मुक्तिको नारा लगाएर काम गर्न सक्नुपर्छ । देशका ठूला पार्टीहरुभित्र रहेका धेरै बौद्धिक जमातहरुले पनि अहिले संघीयता ठिक नभएको आंकलन गरिरहेका छन् ।
जसका कारण देशको अर्थतन्त्र संकटको घडीमा निम्तीएको छ–जिल्ला अध्यक्ष आचार्यले भने । देशको सत्तामा रहेका ठूला राजनितिक पार्टीहरुले भ्रष्ट र अराजक गतिविधिहरु मच्चाएको र लोकतन्त्रलाइ नै विचलित बनाएको राजमोले टिप्पणि गरेको छ । जसले गर्दा अहिले गणतन्त्रवादी शक्तिहरुका बिरुद्ध बिरोधी शक्तिकेन्द्रहरु चलायमान भैरहेकोले प्राप्त उपलब्धिहरुको रक्षा गर्न सबै गणतन्त्रवादी शक्तिहरु एकजुट भएर लाग्नुपर्ने राजमो दाङले बताएको छ ।
