
Pbu
Gsbr-6
Gsbg-3
Rksr-7
Msbg-2
ksbl-7
Csbg-7


काठमाडौँ । संघीय संसद प्रतिनिधिसभाको बैठक मंगलबार आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
यस्तै बैठकमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक,२०८१’ प्रस्तुत गर्ने छन् ।
त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
