
Ksbus
Asbus
Msbus
Sdc
Lnp
Ggp
Ggp
Ksbus
Rgp


धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु रकम २ अर्ब ६४ करोड माथि नाघेको छ ।
प्रदेश सरकारको अर्धवार्षिक समीक्षामा २ अर्ब ६४ करोड एक लाख १६ हजार रुपैयाँ कुल बेरुजु पुगेको देखाइएको हो । महा लेखापरीक्षकको कार्यालयले प्रतिवेदन सार्वजनिक गरेको छैन । तर, प्रदेश सरकारको बेरुजु रकम न्यून मात्र घटेको देखिएको जनाएको छ ।
त्यस्तै गत आर्थिक वर्षमा महालेखाले सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु रकम २ अर्ब ६८ करोड २९ लाख २९ हजार पुगेको प्रतिवेदनमा उल्लेख गरेको थियो। प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ मा १२ करोड ८७ लाख ७५ हजार बेरुजु फर्छ्यौट गरेको छ । प्रदेश सरकारको गत आर्थिक वर्षमा २ अर्ब २६ करोड ३७ लाख २५ हजार बेरुजु रहेको थियो। तर, प्रदेश सरकारको कुल बेरुजु रकम भने २ अर्ब ६४ करोड एक लाख १६ हजार रहेको हो ।
यस्तै आर्थिक वर्ष २०७९/८० मा ३७ करोड ६३ लाख ९१ हजार रुपैयाँ प्रदेश सरकारको बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ। आर्थिक वर्ष २०७९/८० मा बेरुजु रकम २ अर्ब ३९ करोड १९ लाख ६० हजार रहेकोमा अघिल्लो वर्षसम्मको जोड्दा २ अर्ब ६८ करोड पुगेको थियो। महालेखाले गत वर्ष सार्वजनिक गरेको प्रतिवेदनमा मन्त्रालयहरू तथा निकायहरूको २ अर्ब १३ करोड ८० लाख ७५ हजार र समितिहरू तथा अन्य संस्थाको ५४ करोड ४८ लाख ५४ हजार बेरुजु रहेको छ।
त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ३९ करोड २५ लाख बेरुजु रहेको थियो। २०७५/७६ मा ८८ करोड २८ लाख, २०७७/७८ मा ७७ करोड २४ लाख, २०७६/७७ मा ५७ करोड ५१ लाख, २०७९/८० मा ३७ करोड ६३ लाख र आर्थिक वर्ष २०७४/७५ मा ५९ लाख रुपैयाँ बेरुजु रकम महालेखाको प्रतिवेदनले देखाएको छ।
असुल गर्नुपर्ने बेरुजु मात्र २० करोड ४८ लाख
प्रदेश सरकारको असुल गर्नुपर्ने बेरुजु मात्र २० करोड ४८ लाख ३९ लाख रहेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा एक करोड ३५ लाख ४० हजार असुल गर्नुपर्ने बेरुजु फर्छ्यौट गरेको प्रदेश सरकारले १४ करोड ७४ लाख ७६ हजार बाँकी रहेको थियो। प्रदेश सरकारको कुल असुल गर्नुपर्ने बेरुजु भने २० करोड ४८ लाख बढी छ । आर्थिक वर्ष २०७८/७९ मा १६ करोड १० लाख १६ हजार र २०७९/८० मा पाँच करोड ७३ लाख ६३ हजार असुल गर्नुपर्ने बेरुजु रहेको थियो ।
त्यस्तै प्रदेश सरकारको नियमित गर्नुपर्ने बेरुजु रकम २ अर्ब १२ करोड ७१ लाख ३० हजार रहेको छ। प्रदेश सरकारले गत आर्थिक वर्षमा पाँच करोड १५ लाख ३५ हजार रुपैयाँ नियमित गरेको छ। आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ४६ लाख ५७ हजार र २०७९/८० मा १७ करोड ४० लाख ८ हजार नियमित गर्नुपर्ने बेरुजु रहेको थियो।
यस्तै प्रदेश सरकारको पेस्की बेरुजु ३० करोड ८१ लाख ४७ हजार रहेको छ। गत आर्थिक वर्षमा ६ करोड ४७ लाख रुपैयाँ पेस्की बेरुजु फर्छ्यौट भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा २२ करोड ६८ लाख २७ हजार र २०७९/८० मा १४ करोड ५० लाख २० हजार पेस्की बेरुजु रहेको थियो । दिनेशखबर
