
Lnp
Djs
Srbpu
Sgr
Gfs
sbs
cjs
Pbu
Ggp
Pes
Rgp
Rgp1
pku
Unsku

Wsp
Ggd
Ssm
Bbbpu
Rsb
Asm
Tsm
Bbu
Pvg
Rgu
Sbs
nsb
Hal
Gst
Rgu
Sls
Rgs
Ksm
Vor

Pls
Jmb
Rmb
Mks
Abd
Rpp
Ptm
bbt
Bml
sab
Jmb
Gsb
Syp
धनुषा । नेपाली कांग्रेस पार्टीका नेता प्रकाशमान सिंहले पार्टीको महाधिवेशन पार्टीको विधान र नेपालको संविधानमा भएको प्रावधान अनुसार सबैलाई मिलाएर हुने बताएका छन् ।
शनिबार आज नेपाली कांग्रेस धनुषाले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कांग्रेस राजनीतिक पार्टी भएकाले पार्टीभित्र सबैलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए ।
‘विधि नियम अनुसार परिस्थिति हेरेर पार्टीको महाधिवेशन हुने हो । बहुदलीय व्यवस्था पुनःस्थापन भएदेखि नै ४ वर्षमा कहिल्यै महाधिशेन भएको छैन । कांग्रेस राजनीतिक पार्टी हो । पार्टीको विधान, देशको संविधानको प्रावधानअनुसार सबैलाई मिलाएर महाधिवेशन हुने हो,’ कांग्रेस पूर्वमहामन्त्री सिंहले भने ।
त्यस्तै उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री समेत रहेका सिंहले कांग्रेसमा आन्तरिक व्यवस्थापन हुन नसक्दा बलियो भएर पनि पार्टी कमजोरजस्तो देखिएको बताए । ‘कांग्रेस बलियो छ । आन्तरिक व्यवस्थापन गर्न नसक्दा हामी कमजोर भईरहेका छौं’,उनले भने, ‘समस्या पत्ता लगाइसकेपछि समाधान कसले गर्छ ? हामीले गर्ने हो । पार्टीलाई व्यवस्थित गर्ने, सबैलाई स्थान दिनेगरि पार्टी सङ्गठनलाई अघि बढाऊँ ।’
कांग्रेस पार्टीलाई केन्द्रमा राखेर सोचे पार्टीभित्र बृहत्तर एकता कायम हुने भन्दै अहिले कांग्रेसलाई साइडलाईनमा राखेर आफ्ना गुटहरू, उपगुटहरूलाई केन्द्रमा राख्ने स्वार्थी प्रवृत्ति देखा परेकोमा चिन्ता व्यक्त गरे । उनले पार्टीभित्रका मनमुटाव समयमै व्यवस्थापन गर्नुपर्ने र त्यसका लागि पार्टीकै नेता कार्यकर्ता सक्रिय हुनुपर्ने बताए । पार्टीको नीति सिद्धान्तलाई केन्द्रमा राखे पार्टीभित्रको विभाजित मानसिकताको अन्त्य हुने सिंहको भनाई थियो ।
यस्तै उपप्रधानमन्त्री सिंहले नेपाली कांग्रेसकै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान जारी भएको भन्दै यसलाई सुदृढ र संस्थागत गर्नुपर्नेमा जोड दिए । आम नागरिकलाई अधिकारसम्पन्न बनाउन जनचाहना अनुसारनै अहिलेको सरकारले काम गरिरहेको पनि उनले बताए। राजनीतिक स्थिरताको जगमा विकास र समृद्धिका लागि सरकारले काम गरिरहेको सिंहले प्रस्ट पारे ।
त्यस्तै कार्यक्रममा कांग्रेस प्रचार प्रसार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा, कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर, आनन्दप्रसाद ढुङ्गाना पनि सहभागी हुनुहुन्थ्यो । कांग्रेस पूर्वमहामन्त्री सिंह धनुषामा रहँदा आज नेपाली कांग्रेस प्रचार प्रसार विभागले आयोजना गरेको कार्यक्रममा पनि आज सहभागी हुने छन् । रातोपाटी
