
Srbpu
cjs
Gfs
Djs
Rgp
Sgr
Pbu
Unsku
pku
Ggp
Rgp1
Pes
Ses
Lnp

Asm
Tsm
Bbu
Rgu
nsb
Rgs
Ggd
Sbs
Rgu
Wsp
Sls
Vor
Hal
Gst
Rsb
Ssm
Pvg
Ksm
Bbbpu

Jmb
bbt
Ptm
Rmb
Syp
Rpp
Abd
Bml
Mks
sab
Jmb
Gsb
Pls
दाङ । कानून तथा संबैधानीक महाशाखाले शनिबार गढवा गाउँपालिकाका सबै जनप्रतिनिधीहरुलाई एकै थलोमा जम्मा गरी सभा संचालन तथा कानून निर्माणका बिषयमा अभिमुखिकरण गरेको छ ।
गाउँ,नगर तहका जनप्रतिनिधीहरुलाई सभा संचालन गर्ने कानुनी प्रकृया र कानुन बनाउने बिषयमा जानकार बनाउन प्रदेश सरकारले यो अभियान संचालन गरेको लुम्बिनी प्रदेशका कानुन सचिव राजेन्द्र थापाले जानकारी दिनु भयो । प्रदेश सरकारले ३ बर्षमा १०९ स्थानीय तह मध्ये ३२ वटा स्थानीय तहमा यो कार्यक्रम संचालन गरिसकेको र यो वर्ष १३औँ नम्बरमा गढवा गाउँपालिकाले मौका पाएको कार्यक्रममा जानकारी दिनु भएको हो ।
जसमध्ये दाङ जिल्लाका घोराही उपमहानगर पालिका,राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले यसबर्ष अवसर पाएको उहाँको भनाइ छ । स्थानीय सरकारको संसद भनेको नै गाउँसभा संचालन र कानुन निर्माणको प्रकृया हो,संसदीय अभ्यास बमोजिम स्थानीय सरकारहरुले पनि अभ्यासको सिकाई गरेर मर्यादित र शिष्ट ढंगले सभा संचालन गर्न सिक्नुपर्ने कार्यक्रममा सहभागी जनप्रतिनिधीहरुलाई थापाले बताउनु भयो ।
कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले आगामी हिउँदे अधिवेशनलाई यसै ढंगले अभ्यासको सिकाई गर्ने भन्दै स्थानीय तहमा कानुन बनाएर कार्यान्वयन प्रकृयामा लैजानु सबै जनप्रतिनिधीहरुको दायित्व भएको बताउनु भयो । त्यस्तै कार्यक्रममा बोल्दै उपाध्यक्ष शान्ती चौधरीले प्रदेश सरकारले गाउँसभाबाट कानुन बनाउन र कार्यान्वयन गर्न सिकाएर सकारात्मक सन्देश दिएको बताउनु भएको छ ।
सो अवसरमा अधिवेशन आव्हान र अन्त्य, गणपुरक संख्या,सभामा छलफल गर्न पाइने र नपाइने बिषयहरु, बैठक प्रारम्भ र स्थगन, बैठकमा पालना गर्नु पर्ने आचार संहिताहरु,बोल्ने र उत्तर दिने शिष्टम नियमापत्ति, मत विभाजन,अध्यक्षको विशेषाधिकार, विशेष प्रस्तावको अवधारणा तथा जरुरी सार्वजनिक महत्वको प्रस्ताव ल्याउने तरिका,लेखा विद्यायन र सुशासन समितिको काम कर्तव्य अधिकारक्षेत्र आदिका बारेमा जनप्रतिनिधीहरुलाई अभिमुखिकरण गरिएको हो ।
त्यस्तै कानून निर्माण र कार्यान्वयन प्रकृया, स्थानीय तहले कानुन निर्माण गर्दा बिचार गर्नु पर्ने कुराहरु, आवश्यकता को पहिचान, सुझाव संकलन, कार्यपालिका बाट विधेयक मस्यौदा स्विकृतिको ब्यवस्था र संघ प्रदेशको कानुनसंग नबाझीने गरि स्थानीय सरकारले संबिधानको अनुसुची ८ र ९ का आधारमा कानून निर्माणको ब्यवस्थाका बारेमा पनि कार्यक्रममा छलफल गरिएको थियो ।
कार्यक्रमको सहजीकरणमा लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय कानून तथा संवैधानीक महाशाखाका कानुन सचिव राजेन्द्र थापा,अधिकृत सुस्मिता पाण्डे र नासु नारायण भट्टराइको उपस्थिति रहेको गढवा गाउँपालिकाले जनाएको छ ।
