
Syees
Gsl
Bksbus5
dsbus
Pbu
Ratbs
Amb
Nssbus7
gms
Csbus
Ssbus
Rbs
Gsbus
syysr
Ddhbs
Jsbus

Rsb
Wsp
Gst
Rgu
Sbs
Tsm
Pvg
nsb
Bbbpu
Ksm
Rgs
Asm
Ggd
Ssm
Bbu
Hal
Vor
Sls
Rgu

Mks
Rmb
Abd
Jmb
bbt
Gsb
Bml
sab
Jmb
Ptm
Syp
Rpp
Pls
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ४ घुम्नामा रहेको घुम्ना लिटिल स्टारको १४औं वार्षिको उत्सव कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
विद्यालयका संस्थापक अध्यक्ष हल्लुप्रसाद चौधरीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ४ का वडा सदस्य द्वय उमाकाण्ड चौधरी र भोजराज चौधरी,एन प्याब्सन लुम्बिनी प्रदेशका सचिव टोपेन्द्र खनाल,थारु कल्याणकारिणी लमहीका अध्यक्ष शिवप्रसाद चौधरी, बाल जनता माविका अध्यक्ष विक्रम चौधरी,दिवेलस स्कुल पचैयाका प्रिन्सिपल भानु यादव लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालयको कक्षा ६ कि छात्रा हृदय चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विभिन्न चेतनामूलक देशभक्ति गीतहरूमा नृत्य तथा संस्कृतिहरू झल्किने खालका प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो भने विद्यालयले गरेका विभिन्न अतिरिक्त क्रियाकलापमा प्रथम,द्वितीय र तृतीय हुने छात्र,छात्रालाई पुरस्कारहरू प्रदान गरिएको थियो ।
विद्यालयको वार्षिक प्रगति प्रतिवेदन विद्यालयका प्रिन्सिपल प्रकाश चौधरीले गरेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षक रामबहादुर चौधरीले गरेका थिए ।
