
Dbs
Usb
Dus
Rgp
ksb
Jns
Ggp
Rgp
Asb
lnp
Rgp
Ggp
Lnp
Lks
Rgp
Sgp
Pbu


दाङ । नेपाल धितोपत्र बोर्डकाे आयाेजना एवम् नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिकाे सहकार्यमा लुम्बिनी प्रदेशका आर्थिक पत्रकारका लागि एक दिवसीय पुँजीबजार सम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम शुक्रबार भालुबाङमा सम्पन्न भएकाे छ ।
प्रदेशभरका पत्रकारहरूलाई पुँजी बजार सम्बन्धि रिपोर्टिङ गर्न सजिलाे हाेस् भन्ने उद्धेश्यले तालिम आयाेजना गरिएको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष शुक्रऋषि चाैलागाईंले जानकारी दिए । पत्रकारहरूलाई आर्थिक विटमा कलम चलाउनका लागि याे तालिमले महत्त्वपूर्ण सहयाेग पुर्याउने उनकाे भनाइ छ । “पत्रकारहरूले आर्थिक विषयमा कलम चलाउन धेरै प्राविधिक कुराहरू सिक्नुपर्ने छ,” चाैलागाईंले भने, “सरकारले पत्रकारहरूकाे क्षमता तथा सीप विकासका लागि लगानी गर्नुपर्छ ।”
तालिममा पुँजी बजार, धिताेपत्र बाेर्ड, बजारकाे जाेखिम पहिचान, बित्तीय साक्षरता, पुँजीबजार सम्बन्धि रिपोर्टिङलगायतका विषयमा प्रशिक्षण दिइएकाे पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव पाण्डवप्रसाद शर्माले बताए । “माेफसलमा विधागत पत्रकारिताकाे विकास गर्नु चुनाैतीपूर्ण भए पनि हामी क्षमता विकासका तालिममार्फ पत्रकारहरूकाे क्षमता अभिवृद्धि गर्न खाेजेका छाैं,”महासचिव शर्माले भने,”आगामी दिनमा प्रदेशका १२ ओटै जिल्लामा पुगेर पत्रकारहरूलाई तालिम प्रदान गर्ने हाम्रो लक्ष्य रहेकाे छ ।”
तालिमकाे प्रशिक्षकमा नेपाल धिताेपत्र बाेर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका सहायक प्रवन्धक मुराहरी पराजुली, नेपाल धिताेपत्र बाेर्डका सहायक निर्देशक अजय ढुंगाना र सिडिएस एण्ड क्लियरिङ लिमिटेडका सहायक प्रवन्धक सुरज कार्की रहेका थिए ।
राजधानीमा पुँजीबजार सम्बन्धि विभिन्न तालिम तथा प्रशिक्षणहरू सञ्चालान भएपनि प्रदेशस्तरमा यसप्रकारकाे कार्यक्रम पहिलोपटक सञ्चालान भएकाे महासंघका सचिव गाेविन्दप्रसाद शर्माले जानकारी दिए ।
