
Pbu
Ggp
Usb
Ggp
Dus
Rgp
Rgp
Dbs
Rgp
lnp
Jns
Asb
Lnp
ksb
Rgp
Lks
Sgp


काठमाडौँ । खानेपानी मन्त्रालयका मन्त्री प्रदीप यादवले बबरमहलमा खानेपानीको पाइप फुट्नुको दोष नेपाल विद्युत प्राधिकरणलाई लगाएका छन् ।
खानेपानी मन्त्री यादवले बुधबार दिउँसो नेपाल विद्युत प्राधिकरणले विद्युतका लाइन भूमिगत गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा काठमाडौंको बबरमहलमा रहेको खानेपानी थोक वितरण प्रणालीको पाइप फुटेको बताएका हुन् ।
‘म कार्यक्रमको लागि पोखरामा थिएँ । पाइप फुटेर बबरमहल क्षेत्रमा जलमग्न अवस्था सिर्जना भएको खबर पाउनासाथ तत्काल काठमाडौ आइ अहिले पाइप फुटेर पानी बगिरहेको ठाउँ बबरमहलमा आएको छु’, मन्त्री यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् । उनले पानी बन्द गर्नका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुखलाई निर्देशन दिइसकिएको पनि बताए । ‘अहिले करिब ५० प्रतिसत पानी घटिसकेको छ ।
मन्त्रालयका सचिव प्रमिलादेबि शाक्य,बज्राचार्य, केयूकेएलका सिइओ अशोककुमार पौडेल, पिआइडिका प्रमुख टिकाबहादुर चौधरी सहित मन्त्रालयको टोलि पानी निकास र रोकथामका लागि बबरमहलमै छौँ’,उनले भने,‘पानी जमेर त्यहाँ रहेका सवारीसाधनहरू डुबानमा परेको तथा आवतजावतमा समस्या उत्पन्न भएको खबर प्राप्त हुनासाथ,काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लाई भल्भ बन्द गर्न तथा वासआउट खोल्न निर्देशन दिएको छु।’ पाइप फुटेर पानी पसेपछि बबरमहल स्थित विशेष अदालत लगायतका सरकारी भवनहरू जलमग्न बनेको छ ।
