
Djs
Srbpu
Rgp1
pku
Unsku
cjs
Ggp
Rgp
Lnp
Gfs
Pbu
sbs
Sgr
Pes

Tsm
Sbs
Vor
Asm
Gst
Hal
Sls
Rgu
Ssm
nsb
Rgs
Rgu
Wsp
Pvg
Ggd
Ksm
Bbbpu
Rsb
Bbu

bbt
Abd
Syp
sab
Jmb
Jmb
Pls
Mks
Rmb
Rpp
Ptm
Gsb
Bml
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्ध अभियोजन गर्ने जिल्ला न्यायाधिवक्तालाई सरुवा गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय चितवनका जिल्ला न्यायाधिवक्ता शान्ति प्रसाद लुइँटेललाई सरुवा गरिएको महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सहन्यायाधिवक्ता सूर्यराज दाहालले बताए । साहारा बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न लामिछाने विरुद्ध ‘संगठित अपराध’ हटाएर ठगी सम्बन्धी कसुरमा मात्रै मागदावी लिएको आरोपमा उनी तानिएका हुन् ।
प्रवक्ता दाहालले आवश्यकता अनुसार सरुवा गरिएको बताए । उनले भने, ‘सरुवा गर्ने अधिकार महान्यायाधिवक्ताको कार्यालयको हो ।’ अभियोजनमा त्रुटी गरेको आरोपमा लुइँटेल विरुद्ध छानबिन सुरु गरिएको छ । नायव महान्यायाधिवक्ता गोपाल प्रसाद रिजालको नेतृत्वमा छानबिन समिति गठन गरिएको प्रवक्ता दाहालले बताए । उनले भने, ‘छानबिनको तथ्य अनुसार थप प्रक्रिया अघि बढ्छ ।’
त्यस्तै चितवनमा उच्च सरकारी वकिलको कार्यालय बुटवलमा कार्यरत रवि न्यौपानेलाई पठाइएको छ । सामान्यतया दुई वर्षमा सरुवा गर्ने गरिएको भए पनि लुइँटेल डेढ वर्षमा तानिएका हुन् । उनी अघिल्लो वर्ष कार्तिक २० मा चितवन जिल्ला अदालतमा हाजिर भएका थिए । रातोपाटी
