Sidha Patra बुधबार, माघ २३, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्ध अभियोजन गर्ने जिल्ला न्यायाधिवक्तालाई सरुवा गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय चितवनका जिल्ला न्यायाधिवक्ता शान्ति प्रसाद लुइँटेललाई सरुवा गरिएको महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सहन्यायाधिवक्ता सूर्यराज दाहालले बताए । साहारा बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न लामिछाने विरुद्ध ‘संगठित अपराध’ हटाएर ठगी सम्बन्धी कसुरमा मात्रै मागदावी लिएको आरोपमा उनी तानिएका हुन् ।

प्रवक्ता दाहालले आवश्यकता अनुसार सरुवा गरिएको बताए । उनले भने, ‘सरुवा गर्ने अधिकार महान्यायाधिवक्ताको कार्यालयको हो ।’ अभियोजनमा त्रुटी गरेको आरोपमा लुइँटेल विरुद्ध छानबिन सुरु गरिएको छ । नायव महान्यायाधिवक्ता गोपाल प्रसाद रिजालको नेतृत्वमा छानबिन समिति गठन गरिएको प्रवक्ता दाहालले बताए । उनले भने, ‘छानबिनको तथ्य अनुसार थप प्रक्रिया अघि बढ्छ ।’

त्यस्तै चितवनमा उच्च सरकारी वकिलको कार्यालय बुटवलमा कार्यरत रवि न्यौपानेलाई पठाइएको छ । सामान्यतया दुई वर्षमा सरुवा गर्ने गरिएको भए पनि लुइँटेल डेढ वर्षमा तानिएका हुन् । उनी अघिल्लो वर्ष कार्तिक २० मा चितवन जिल्ला अदालतमा हाजिर भएका थिए । रातोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]