
Srbpu
Djs
Lnp
Ggp
Pbu
Sgr
Gfs
Unsku
Rgp
Pes
cjs
sbs
pku
Rgp1

Ggd
Ksm
Bbbpu
Sbs
Rsb
Pvg
Vor
Gst
Wsp
Tsm
nsb
Bbu
Rgu
Rgu
Ssm
Asm
Rgs
Sls
Hal

Bml
Rpp
Jmb
Pls
Mks
Abd
bbt
sab
Syp
Gsb
Ptm
Rmb
Jmb
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्व गृहमन्त्री तथा उपप्रधानमन्त्री रवि लामिछाने विरुद्ध चितवनमा मुद्दा दर्ता भएको छ ।
साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम अपचलन आरोपमा लामिछाने सहित १५ जना व्यक्ति र ६ संस्था विरुद्ध मुद्दा दर्ता भएको हो । अन्य प्रतिवादीहरुमा छविलाल जोशी,रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरुङ,नवीन अछामी,कविता तामाङ,दिपक लामा,असरफअलि सिद्दिकी, भगवती बम्जन,लक्ष्मीप्रसाद पौडेल,विज्ञान राई, नेत्रपाणी बास्तोला,शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठ रहेका छन् ।
त्यस्तै साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड,गोर्खा मिडिया नेटवर्क प्रालि,नेचर हव इन्टरनेशनल प्रालि,जिवी ग्रुप अफ कम्पनी, स्प्रिङ उड स्टेट हाउजिङ प्रालि,नेचर नेष्ट प्रालिलाई पनि प्रतिवादी बनाइएको छ । रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा दर्ता गरिएको छ भने अन्य १२ जनालाई संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको छ ।
यस्तै यस अघि असोज ८ गते १७ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । त्यतिबेला जीबी राई सहित कुमार रम्तेल,सागर केसी,बीरबहादुर रानाभाट,हेमन्त अधिकारी,छत्रमणी भट्टराई,भपेन्द्र राई,अनन्त बाबु राई,आशिष आनन्द, देवेन्द्र बाबु राई,दिनेश रोका,दीपा न्यौपाने,शिवप्रसाद आचार्य,मनोज गुरुङ,तीर्थराज लामिछाने,शरण विश्वकर्मा, थमन भन्ने दानबहादुर बुढामगरलाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो ।
त्यस्तै उक्त मुद्दामा रवि लामिछानेलाई प्रतिवादी बनाइएको थिएन । अहिले पुरक निवेदनको आधारमा रवि लामिछाने सहित १५ जनाविरुद्ध मुद्दा दायर गरिएको हो । उक्त मुद्दामा ५६ करोड २२ लाख ५० हजार रुपैयाँ बिगो कायम गरिएको छ ।
