
Djs
Sgr
Srbpu
Unsku
Pbu
cjs
Gfs
pku
Ggp
Pes
Rgp1
Rgp
Lnp
sbs

Ssm
Vor
Sbs
Rgs
Hal
Rgu
Sls
Gst
Pvg
Tsm
Ggd
nsb
Asm
Ksm
Rgu
Rsb
Bbu
Wsp
Bbbpu

sab
Rmb
Gsb
Jmb
Rpp
Mks
Ptm
Bml
Abd
Syp
Pls
bbt
Jmb
दाङ । नेपाल कम्युनिष्ट पार्टी नेकपा ( मओवादी केन्द्र ) लमही नगरको अध्यक्षमा पुनः डिल कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
नेकपा (माओवादी केन्द्र ) लमही नगरकाे तेस्रो अधिबेशनबाट श्रेष्ठकाे अध्यक्षतामा ५५ सदस्यीय लमही नगर कमिटी निर्वाचित भएका हुन् । जस्काे उपाध्यक्षमा कालुराम चाैधरी,किशाेर घर्ती र विश्व प्रकाश अधिकारी,सचिवमा कृष्ण घिमिरे, काेषाध्य ननसरा वि.क. सह सचिव सरस्वती भुसाल रहेका छन् ।
त्यस्तै जेष्ठ प्रतिनिधि हेमराज सुवेदीकाे अध्यक्षता तथा नेकपा ( माओवादी केन्द्र ) का केन्द्रीय सदस्य इन्द्रजित थारुकाे प्रमुख आतिथ्यमा भएकाे अधिबेशनकाे बन्दसत्रले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति निर्वाचित गरेकाे निर्वाचन समितिका संयाेजक भेषराज पाेख्रेलले जानकारी दिए ।
नयाँ कार्यसमितिलाई बधाई दिदै प्रमुख अतिथि थारुले पछिल्लाे पटक मओवादीप्रति जनलहर नै माओवादीकाे सम्पत्ति भएकाे भन्दै पार्टी अब जनता तर्फ फर्किएकाे बताए । उनले पार्टी अहिले एकढिक्का भएर जनता केन्द्रित दिशामा लागि परेकाे कार्यकर्तालाई जनसेवामा जुट्न निर्देशन समेत दिए । उनले भने, हामी केन्द्रबाट एकमतका साथ प्रस्ताव पास जनता केन्द्रित भएका छाै, सरकारमा भन्दा प्रतिपक्षमा बस्दा जनताले साथ दिएका छन,अब जनसेवा लाग्नु नै हाम्रो दायित्व हाे।
यस्तै कार्यक्रममा पार्टीका बैकल्पिक केन्द्रीय सदस्य प्रकाश चाैधरीले नगरकाे नेतृत्वले आगामि दिनमा जनसेवा र संङठन विस्तारमा ध्यान दिनुपर्ने बताए । यस्तै प्रदेश सचिवालय सदस्य लक्ष्मि चाैधरीले अबकाे समयमा जनताकाे समस्या बुझ्ने र हल गर्ने कार्यमा लाग्ने दावि गरिइन ।
कार्यक्रममा जिल्ला सचिव विश्वराज आचार्य,प्रदेश कमिटिका सदस्यहरु हरि भट्टराई,अमर कुवंर, रामप्रसाद घिमिरे लगायतले प्रशिक्षणात्मक मन्तव्य ब्यक्त गरेका थिए ।
