
Ggp
Rgp
Srbpu
Lnp
Rgp1
pku
Djs
sbs
Pes
Unsku
cjs
Pbu
Sgr
Gfs

nsb
Hal
Tsm
Rgu
Asm
Ggd
Vor
Bbu
Ksm
Pvg
Wsp
Ssm
Bbbpu
Sbs
Sls
Rsb
Gst
Rgu
Rgs

Rmb
Mks
Pls
Jmb
bbt
Bml
Jmb
Ptm
Rpp
Abd
Gsb
sab
Syp
दाङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत दिन आग्रह गरेका छन्।
तुलसीपुर नगर कमिटीले शुक्रबार गरेको तेस्रो नगर अधिवेशन उद्घाटन गर्दै अध्यक्ष दाहालले २०८४ सालको चुनावमा बहुमत मागेका हुन् । ‘हामीलाई २०६४ सालमा मत दिनुभएका जनतालाई मेरो अनुरोध छ, हामीले हाम्रो गल्ती कमजोरी सच्याउँछौं। तपाईहरूले पनि आफ्नै छोराछोरी त हुन नि भनेर एकचोटी ०६४ मा जस्तै माया गरिदिनुभयो, बहुमत दिनुभयो भने ०८४ मा हामी बहुमतमा आउनेछौं।’ उनले त्यो बहुमतले देशबाट भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्ने पनि बताए ।
सामाजिक विवेधको अन्त्य गर्न, न्याय स्थापित गर्न, आर्थिक समृद्धिमा देश अगाडि बढाउन पनि बहुमत आवश्यक परेको उनले बताए । उनले भ्रष्टाचारविरुद्ध सामाजिक न्याय र आर्थिक समृद्धिको अभियानमा साथ दिन पनि आग्रह गरेका छन् । आफूले सरकारको नेतृत्व गर्दा जनताको पक्ष सुशासनको अभियान चलाएको उनको भनाइ छ ।
‘सरकारबाट बाहिएपछि म जहाँ गएको छु, जनताको अपार माया पाएको छु। म यो माया र विश्वासले खुसी भएको छु। म ७० वर्षको भएँ, मैले देश र जनताको पक्षमा काम गर्ने संकल्प लिएको छु। जसका कारण अहिले माओवादी केन्द्रमा प्रवेश गर्नेहरुको लहर आएको छ। देशभर विभिन्न पार्टीका नेता कार्यकता पनि प्रवेश गर्ने तयारी गरिरहनुभएको छ,’ उनको दाबी छ । साथै उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अहिलेको सरकार अवैध रहेको दाबी गरेका छन् ।
त्यस्तै अध्यक्ष प्रचण्डले अहिलेको सरकार असंवैधानिक र गैरकानुनी रहेको आरोप लगाए । उनले सरकार गठनका बेला गत असार ३० गते संविधानको धारा ७६ को उपधारा ३ अनुसार सबभन्दा ठूलो दलको नेतृत्वमा सरकार बनाउनुपर्ने भए पनि धारा ७६ को उपधारा २ अनुसार सरकार बनेको बताएका हुन्।
