Sidha Patra बिहिबार, माघ १०, २०८१

कञ्चनपुर । पेस्तोल सहित जिल्ला प्रहरी कार्यालयले गएराति भीमदत्त नगरपालिका–६ ऐठपुर नजिक पूर्व–पश्चिम राजमार्गबाट चार भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारतीय युके ०६ एआर ०८४६ नम्बरको कारलाई प्रहरीको टोलीले जाँच गर्दा पेस्तोल फेला पारेको हो । कारको चालकको सिटको पछाडीको भागको खल्तीमा पेस्तोल लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताए ।

त्यस्तै उनका अनुसार पेस्तोल फेला परेपछि कारमा सवार भारतको उत्तराखण्ड प्रदेशको उधमसिंह नगर जिल्ला प्रेमनगर खटिमा बस्ने वर्ष ३२ का सञ्जय जेठी,वर्ष ३४ का जिवन सिंह,वर्ष ३२ का कोमल विष्ट र वर्ष ३४ का उमेद सिंह अधिकारीलाई पक्राउ गरी अनुसन्धानको कार्य अगाडि बढाइएको छ ।

यस्तै कारमा भारतीय नागरिक हतियार सहित गइरहेको गोप्य सूचनाका आधारमा प्रहरी उपरीक्षक चक्रराज जोशीको कमाण्डमा गएको प्रहरी टोलीले राति चारै जनालाई हतियार सहित पक्राउ गरेको बताइएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]