Sidha Patra मंगलबार, माघ ०८, २०८१

दाङ । नागरिक समाज दाङले वर्तमान अवस्थामा संसद बैठक नबसी अध्यादेश जारी गरिएको भन्दै सरकारको क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

सोमबार समाजका सचिव नारायणप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले राजनीतिक प्रतिशोधका घटना बढिरहेकोमा चिन्ता व्यक्त गर्दै प्रतिशोधको राजनीति नगर्न दलहरुलाई आग्रह गरेको छ ।

त्यसैगरी सामाजिक सञ्जालको अत्यन्त दुरुपयोग भई भ्रामक सूचना प्रवाह हुँदा नागरिकमा भ्रम पैदा भएको, गालीगलौज, बेइज्जत मात्र होइन फेक आइडी बनाएर बदनाम गर्ने काम निन्दनीय भएको बैठकले ठहर गरेको छ ।

त्यस्तै मानवअधिकार हननका घटना बढिरहेका र सुशासनको प्रत्याभूति गर्न नसक्ने अवस्था सिर्जना भएको, दण्डहीनता मौलाउँदै गएको, अदालतभित्रै कानुन व्यवसायी असुरक्षित भएको निष्कर्ष निकाल्दै नागरिकलाई राज्यबाट दिने सेवा प्रवाहमा सुशासनको अनुभूति दिलाउन समाजले राज्यपक्षसँग माग गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]