
Sgr
Rgp1
Djs
Lnp
cjs
Srbpu
Gfs
Ggp
pku
Pes
Rgp
Pbu
Unsku
sbs

Rgu
Ggd
Ksm
Rgu
Wsp
Sls
Rsb
Ssm
Vor
Bbu
nsb
Gst
Hal
Sbs
Rgs
Bbbpu
Pvg
Asm
Tsm

Syp
Bml
bbt
Ptm
Rpp
Mks
Abd
Pls
Jmb
sab
Jmb
Gsb
Rmb
कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने लगायत सातै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सोमबार उच्चमा निवेदन दर्ता गरेको हो । जिल्ला अदालत कास्कीको आदेशको बदर माग गर्दै निवेदन आएको उच्च अदालत पोखराका नायव सुब्बा राजेन्द्र अर्यालले पुष्टि गरे । ‘जिल्लाको आदेश विरुद्ध आदेश बदर गरी पाउँ भनेर निवेदन परेको छ’, उनले भने । सरकारी वकिलको कार्यालयले दर्ता गराएको निवेदनको पेशी मंगलबारलाई तोकिएको छ।
त्यस्तै जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज रार्ईको इजालसले सूर्यदर्शन सहकारी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित सातै जनालाई धरौटीमा छोड्ने थुनछेक आदेश जारी गरेको थियो ।
गत पुस २५ गते जारी भएको थुनछेक आदेशले रवि लामिछानेलाई ६५ लाख, पूर्वडिआईजी छविलाल जोशीलाई ८८ लाख, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाललाई १५ लाख, लिला पछाईंलाई ३७ लाख,पूर्व सांसदसमेत रहेकी सूर्यदर्शन सहकारीकी संस्थापक उपाध्यक्ष मीना गुरुङलाई ५ लाख, पूर्वकोषाध्यक्ष आरती गुरूङलाई ५ लाख, पूर्व सञ्चालक कृष्णबहादुर गुरूङलाई १ लाख रुपैयाँ धरौटीमा छाड्न भनेको थियो ।
त्यस्तै लिला बाहेक ६ जना सोही दिन धरौटी बुझाएर रिहा भएका थिए । लिला भने भोलिपल्ट मात्रै धरौटी बुझाएर छुटेकी थिइन् ।देससञ्चार
