
Pbu
Mbdvs
mbd
Rbs
Sds
Gisld

Ssm
Tsm
Rsb
Rgu
Sls
Wsp
Ggd
Pvg
Gst
Rgu
Bbu
Bbbpu
Sbs
Vor
Rgs
Ksm
Hal
nsb
Asm

Rmb
Jmb
Bml
sab
Mks
Gsb
Ptm
Abd
Jmb
Pls
Rpp
bbt
Syp
दाङ । राजपुर गाउँपालिका वडा नम्बर २ मा रहेको जनज्योति मावीको ५८औं अभिभावक भेला माघ ४ गतेका दिन जेष्ठ नागरिक खगेन्द्र आचार्यको अध्यक्षता तथा गाउँपालिका प्रमुख लोकराज केसीको प्रमुख आतिथ्य र उपाध्यक्ष धनपतिदेवी यादव राजपुर शिक्षा प्रमुख केशव लम्सालको उपस्थितिमा कार्यक्रम आयोजना भएतापनि उक्त दिन समय अभावको कारण टुङ्गोमा पुग्न नसकेकोमा पुन: माघ १५ गते बसेको भेलाले २०७७ माघ २४ गते निर्वाचन प्रणालीबाट बिध्यालय ब्यवस्थापन समिति गठन गर्नका लागि राजपुर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष दुर्गा प्रसाद शर्माको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन भएको छ । जसमा दुर्गा प्रसाद शर्मा संयोजक वडा अध्यक्ष,केशव लम्साल शिक्षा अधिकृत सदस्य र केशवराम यादव सचिव विद्यालयका प्रधानध्यापक रहनु भएको छ ।
त्यस्तै भेलाले बालबालिका भर्ना गर्ने समय माघ १८ गते आईतवार सम्म समय उपलब्ध गराउने सहमती कायम गरेको छ । भेलामा बिध्यालयका प्रअले आर्थिक प्रतिबेदनका बिषयमा उठेका प्रश्नहरुको जवाफ दिनु भएको थियो । कार्यक्रममा उपस्थित अभिभावकमध्ये आफ्नो मन्तव्य राख्ने क्रममा अभिभावक तारालाल बि.क लगायतले बिध्यालयले अभिभावक सहयोग शुल्कको नाममा उठाईरहेको शुल्क अनियमित भएको भन्दै आपत्ती प्रकट गर्नु भएको थियो ।
राजपुर गाउँपालिकाका शिक्षा अधिकृत केशव लम्सालले शुल्कको बारेमा नियमावलिमा उल्लेख भएको व्यहोरा प्रश्ट पार्दै अभिभावक सहयोग शुल्क लिन मिल्ने तर अभिभावकको मन्जुरी अनिवार्य हुनुपर्ने,यदि अभिभावकबाट नै सहमती गराईएको छैन भने लिईएको शुल्क फिर्ता गर्नुपर्ने बताउनु भएको छ ।
