
Pbu
Bs1
Gsl


काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबारे दिएको अभिव्यक्ति माथि आपत्ति जनाएका छन् ।
यस अघि मङ्गलबार प्रधानमन्त्री ओलीले संविधान संशोधन २०८७ सालमा मात्रै हुने अभिव्यक्ति दिएका थिए। त्यसबारे बुधबार (आज) झापाको कचनकवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले भने, ‘संविधान संशोधन गर्नु नै छ । तर, २०८७ मा मात्र संशोधन हुन्छ भन्ने प्रधानमन्त्रीज्यूको अभिव्यक्ति आपत्तिजनक छ ।
त्यस्तै ‘संविधान संशोधन गर्नु नै छ । तर, २०८७ मा मात्र संशोधन हुन्छ भन्ने प्रधानमन्त्रीज्यूको अभिव्यक्ति आपत्तिजनक छ उनले भने, पाँच बर्षसम्म टिक्ने स्थिर सरकार निर्माणका लागि संविधान संशोधन आवश्यक रहेको उनको भनाइ छ।
यस्तै उनले थपे, ‘संविधान संशोधनबारे केही बोल्न र गर्नुपरे प्रधानमन्त्रीलाई मात्र अधिकार छैन। कुन विषय र कहिले संशोधन गर्ने भन्ने कुरा गठबन्धनमा रहेका दलका नेतृत्वले सल्लाह गरेर सहमति गर्नुपर्छ ।’ प्रधानमन्त्री ओलीले अहिले राष्ट्रिय सभामा आफ्नो दल नेकपा (एमाले) को बहुमत नभएको जनाउँदै ०८७ सालमा मात्रै बहुमत पुग्ने र संविधान संशोधन पनि त्यसैबेला हुने बताएका थिए ।
