
Rgp
Ggp
Gfs
cjs
Sgr
Rgp1
Srbpu
pku
Pes
Unsku
Pbu
sbs
Lnp
Djs

Ggd
Rgu
Vor
Ssm
Bbbpu
Hal
Asm
Pvg
Ksm
nsb
Rgu
Wsp
Rsb
Gst
Bbu
Sls
Sbs
Rgs
Tsm

bbt
Pls
Bml
sab
Jmb
Rmb
Gsb
Rpp
Jmb
Mks
Ptm
Syp
Abd
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहित ३९ जना विरुद्ध काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम ठगी गरेको आरोपमा मुद्दा दर्ता भएको छ ।
कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अनियमितता भएको प्रकरणमा रवि लामिछानेसहित ३९ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको हो ।
त्यस्तै सहकारी ठगी आरोपमा हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछाने विरुद्ध पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पनि थुनछेक बहस चलिरहेको छ । सहकारीको एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ अनियमितता गरेको आरोपमा गोर्खा मिडिया प्रा.लि.का तत्कालीन सञ्चालक समिति सदस्य लामिछाने सहित छविलाल जोशी,स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई लगायतका अन्य विरुद्ध मुद्दा दर्ता भएको हो । प्रतिवादी कायम गरिएका मध्ये रवि र पूर्व डीआईजी छविलाल जोशी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । जीबी भन्ने गितेन्द्रबाबु राईसहित अधिकांश फरार रहेका छन्।
यस्तै उनीहरूबाट जम्मा २ अर्ब ४१ करोड बिगो माग दाबी गरिएको छ। हरेकको हकमा छुट्टा छुट्टै दाबी लिइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रवक्ता सिताराम अर्यालले बताए। काठमाडौँमा मुद्दा दायर गरिएका कसैलाई पनि सम्पत्ति शुद्धीकरणको कसुर लगाइएको छैन। यसअघि जिल्ला सरकारी वकिल कार्यालय कास्कीबाटै सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भइसकेकाले दोहोरो मुद्दा पर्ने भएकाले यहाँबाट सहकारी ठगी र संगठित अपराधको कसुरमा मात्रै मुद्दा दायर गरिएको सरकारी वकिल कार्यालयको अभियोगमा उल्लेख छ।
त्यस्तै रविलाई सहकारी ठगीमा ५ करोड ८ लाख ६९ हजार ६३३ रुपैयाँ ५ पैसा बिगो कायम गरिएको छ। छविलाई रविलाई भन्दा बढी बिगो तोकिएको छ। उनलाई ५ करोड ७८ लाख ९६ हजार ४८० रुपैयाँ बिगो कायम गरिएको छ।
